प्रतिबन्धित भारतीय नोटसहित एकजना पक्राउ
नेपालमा प्रतिबन्धित भारतीय नोटसहित एक ब्यक्तिलाई विराटनगरको सीमावर्ति क्षेत्रबाट १६ असोजमा सशस्त्र प्रहरीले पक्राउ गरेको छ।
भारतबाट नेपाल छिरेका ब्यक्तिले बोकेको झोला तलासी लिने क्रममा विराटनगर १६ हुलास मेटल चोकबाट रु १ लाख ३२ हजार ५ सयसहित ती ब्यक्ति पक्राउ परेका हुन्। धनुषा जिल्ला जनकपुरधाम १ घर भई सुनसरी इटहरी ६ आइतबारेमा डेरा गरी बस्ने सन्तोष महतोले नेपालबाट आफन्त भेट्न जांदा नोट बोकेरै गएर फर्किएको बतँए।
उनले इटहरीमा फलपूmको कारोबार गर्ने भएकाले भारु साटेर आफन्तको घरमा गएको र लिएर फर्किएको बताएका छन्। उनको साथबाट भारु ५ सय दरका २ सय ६५ थान नोट बरामद गरी कारवाहीका लागि नेपाल प्रहरीलाई बुझाइएको बोर्डर आउट पोष्ट रानीका निरीक्षक मौसम पोखरेलले बताए। उनका अनुसार, भारतबाट आफन्तबाट लिएको रकम लिएर आएको महतोले बताएका छन्।
बन्दाबन्दीको समयमा भारतीय रुपैैंया नेपालमै बढी भएकाले यता भारुको अभाव छैन। भारु बढी भएकाले सटही काउण्टरले रु १६० मूल्यको भारु रु १५८ मै किनबेच हुंन थालेको छ। भारुको भाउ नेपालमा घटेको अवस्थामा महतोले भारु लिएर किन आए भन्ने खुल्न सकेको छैन। पीसीआर परिक्षण गरेर मात्रै मानिस बुभ्mने विराटनगर भन्सार कार्यालयले बनाएपछि ईलाका प्रहरी कार्यालय रानीमा नगदसहित महतोलाई सशस्त्रले बुझाएको छ।