कोरोनाबाट एकैदिन ११ जनाको मृत्यु, मृतकको संख्या ५२० पुग्यो
कोरोनाबाट थप ११ जनाको मृत्यु भएको छ। यससँगै नेपालमा हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ५२० पुगेको छ।
स्वास्थ्य मन्त्रालयका अनुसार मृत्यु हुनेमा भक्तपुरमा ६१ र ५१ वर्षीया, काठमाडौंमा ६७ वर्षीया र सुर्खेतमा ७५ वर्षीया महिला रहेका छन्। त्यस्तै मोरङमा २७ वर्षीय, ललितपुरमा ३२ र ७० वर्षीय, मकवानपुरमा ७८ वर्षीय, रुपन्देहीमा ६० वर्षीय तथा बाँकेमा ५२ र ५० वर्षीय पुरुषको पनि कोरोनाबाट मृत्यु भएको छ।
नेपालमा पछिल्लो २४ घण्टायता २७२२ जना कोरोना संक्रमित थपिएका छन्। यससँगै नेपालमा हालसम्म कोरोना संक्रमित हुनेको संख्या ८२४५० जना पुगेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ३३०७ जना निको भएका छन्। यससँगै नेपालमा निको हुनेको संख्या ६०६९६ पुगेको छ।
मुलुकमा हाल कोरोना संक्रमितको संख्या २१२३४ छ। यसमध्ये ९४७४ जना संस्थागत आइसोलेसनमा र ११७६० जना होम आइसोलेसनमा छन्। पछिल्लो २४ घण्टायता १४७३९ वटा पीसीआर नमूना परीक्षण गरिएको छ। यससँगै हालसम्म नेपालमा १०४८६८६ पुगेको छ। त्यस्तै क्वारेन्टिनमा ४८८५ जना रहेका छन्।