टुरिस्ट बसको सबै टिकट अब अनलाइनबाटै, दशैलाई प्रविधिमार्फत घरबाटै सेवा लिन पाइने
टुरिष्ट बसको सबै टिकट अब अनलाइनबाटै लिन सकिने भएको छ। नेपालमा नै पहिलो पटक टुरिष्ट यातायात व्यवसायीहरूले अनलाइन सिस्टमबाट पर्यटक सार्वजनिक यातायात सेवाको टिकट उपलब्ध गराउने गरी अनलाइन बिक्री गर्न सम्झौता गरेका छन्।
टुरिष्ट बस एसोसिएसन अफ नेपाल (टिबान)ले आफ्ना सम्पूर्ण बसहरूको टिकट अनलाइनमार्फत बिक्री गर्ने गरी इलेक्ट्रोनिक्स कन्सर्न एण्ड रिसर्च सेन्टर (ईसीआरसी) सँग सम्झौता गरेको छ।
यस्तो सम्झौतापछि नेपालभर संचालन हुने टुरिष्ट बसहरूको टिकट अनलाइनमार्फत नै बुकिङ्ग गर्न सकिने टिबानले जानकरी दिएको छ।
बिहीबार टिबानका अध्यक्ष ईश्वरप्रसाद उपाध्याय र ईसीआरसीका अध्यक्ष संजीत पौडेलबीच टिकट अनलाइन बिक्री गर्ने विषयमा सम्झौता भएको हो।
अनलाइनमार्फत टिकट उपलब्ध गराउने गरी टुरिष्ट बस एसोसिएसन अफ नेपाल र इलेक्ट्रोनिक्स कन्सर्न एण्ड रिसर्च सेन्टरबीच १६ असोजमा भएको एक सम्झौताबाट यही बर्षकाे दशैलाइ अनलाइन टिकट उपलब्ध हुने भएकाे छ।
सम्झौतामा सबै टुरिष्ट बसका टिकट अनलाइन तथा एपबाटै बुकिङ्ग गर्न सकिने उल्लेख छ। कोभिडको जोखिम कम गर्न र यात्रुले सुरक्षित यात्रा गराउने गराउने उद्देश्यले यस्तो सम्झौता भएको हो।
टिबानका अध्यक्ष उपाध्यायका अनुसार कोभिडको जोमिम कम नर्ग र यात्रु सेवामा यस्तो सेवा प्रभावकारि हुुनुका साथै प्रविधिमार्फत सेवा दिने अवसर पनि भएको बताए।
‘बसको सेवा अनलाइनबाट आइरहेको बेला टुरिष्ट बसको सेवा पनि डिजिटलमा जान सम्झौताले सहज हुने र यात्रुलाई सहजै सुपथ मूल्यमा डिजिटल प्रविधिमार्फत टिकट उपलब्ध हुने ईसीआरसीका अध्यक्ष संजीत पौडेलले बताए।
दुई कम्पनीको सम्झौतासँगै अब दशैंको टिकन अनलाइनबाट बुकिङ हुने भएको छ। हाललाई यस्तो अनलाइन सेवा काठमाडौंदेखि पोखरा, नारायणघाट, लुम्बिनी र जनकपुरको यात्रा उपलब्ध हुनेछ छन्।