यस्तो छ निसानको ‘दशैं, तिहार तथा छठ अफर’
निसान गाडीको आधिकारिक वितरक तथा बजार व्यवस्थापक पायोनियर मोटो कर्पले चाडपर्वको अवसरमा ‘निसान धमाकेदार दशैं, तिहार तथा छठ अफर’ उपहार योजना ल्याएको छ।
यस अफर अन्तर्गत ग्राहकहरूले शून्य प्रतिशत डाउन पेमेन्टमा गाडी खरिद गर्न सक्नेछन्। साथै ९ महीनासम्मको समान किस्ता पनि कम्पनीले नै तिरिदिनेछ।
उक्त अफर नलिएको खण्डमा बढीमा रू. २० लाखसम्मको नगद छुट प्राप्त गर्न सक्नेछन्। यसका साथै रू. ३५ हजार ९९९ बराबरको रेडमी नोट–९ प्रो म्याक्स मोबाइल फोन प्राप्त गर्नेछन्।
यो योजना अन्तर्गत ग्राहकहरूले हरेक निसान गाडीको खरिदमा रू. ५० हजार सम्मको फ्रि एसेसोरिज, एक वर्षको निःशुल्क बीमा, १० वर्षको सम्मको फाइनन्सिङ, बश हाइ प्रेसर वासर, तीन वर्षको वारेन्टी, तीन वर्षसम्म फ्रि सर्भिसिङ, लोयल्टी बोनस, चालु आर्थिकको सडक कर र स्पट एक्सचेन्जको सुविधा पनि लिन सक्ने कम्पनीले जनाएको छ।