अपाङ्गता भएका महिलाहरूको संरक्षण हुने गरी कोभिड-१९ प्रतिकार्यका कार्यसम्पादन गर्न निर्देशन
अपाङ्गता भएका महिलाहरूको संरक्षण हुने गरी कोभिड-१९ प्रतिकार्यका कार्यसम्पादन गर्न संसदीय समितिले सरकारलाई निर्देशन दिएको छ।
कोभिडले अपाङ्गता भएका महिलाहरूको रोजगारी र आय आर्जनमा देखिएको समस्याले दैनिक जीवनयापनमा भएको असहजताको सम्बोधन गर्न समितिले निर्देशन दिएको हो।
संसदको महिला तथा सामाजिक समितिले फरक रुपले सबल महिलाको जीवनयापन सहज हुने गरी नीति बनाउन महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालय र राष्ट्रिय योजना आयोगलाई निर्देशन दिइएको सभापति निरुदेवी पालले बताइन्। तीन वटै तहले प्रभावकारी समन्वय गरी त्यस्ता महिलाहरूको बृहत्तर हित प्रबर्द्धन र संरक्षण हुनेगरी कोभिड प्रतिकार्यका काम सम्पादन गर्न समितिले निर्देशन दिएको हो।
वि.स. २०६८ को जनगणना अनुसार १ दशमलव ९४ प्रतिशत अपङ्गता भएका व्यक्तिहरू रहेकोमा कोभिडका कारण त्यो समूहभित्र पर्ने महिलाहरू बढी प्रभावित भएको समितिको ठहर छ। समितिले कोभिडले महिलाहरूको दैनिक जीवनयापनमा अवरोध देखा परेकाले अत्यावश्यक सेवा र जनस्वास्थ्य सेवाको नियमित उपलब्धताको सुनिश्चित हुनेगरी नीति बनाउन पनि समितिले भनेको छ।