भारतबाट माछापुच्छ्रे ब्यांकमा रकम पठाउँदा कुनै शुल्क नलाग्ने
माछापुच्छ्रे ब्यांकले रोजगारी तथा अन्य कामले भारतमा रहेका नेपालीहरूले भारतस्थित् ओम एक्सप्रेस पेमेन्ट सर्भिसेजमार्फत् बिना कुनै अतिरिक्त शुल्क नेपालमा पैसा पठाउन सक्ने व्यवस्था गरेको छ।
चाडबाडको समयलाई लक्षित गरि १२ असोजदेखि २ महीनासम्म भारतमा रहेका नेपालीहरूले त्यहाँस्थित् ओम एक्सप्रेस पेमेन्ट सर्भिसेजसँग सम्पर्क गरि भारतका जुनसुकै स्थानबाट नेपालमा बिना कुनै अतिरिक्त शुल्क पैसा पठाउन सकिने व्यवस्था गरिएको हो।
यसरी पठाएको पैसा नेपालमा रहेका माछापुच्छ्रे ब्यांकका १६० शाखा, १३३ शाखारहित बैंकिङ सेवा लगायत देशभर रहेका १० हजार भन्दा बढी रेमिट्यान्स एजेन्टमार्फत् भुक्तानी लिन सक्नेछन्।
ब्यांकले देशभर १६० वटा शाखा, १३३ शाखारहित बैकिङ सेवा र ५ एक्सटेन्स काउण्टरसमेत गरी जम्मा २९८ स्थानबाट सेवा प्रवाह गरिरहेको छ। यस्तै, १९९ वटा एटीएम तथा १ हजार भन्दा बढी पीओएसमार्फत् अत्याधुनिक प्रविधिसहित सम्पूर्ण बैंकिङ सुबिधा प्रदान गरिरहेको ब्यांकले जनाएको छ।