रूपन्देहीमा थप एकजना कोरोना संक्रमितको मृत्यु
कोरोना भाइरस संक्रमणबाट रूपन्देहीमा थप एक जना पुरुषको मृत्यु भएको छ।
बुटवलको कोरोना विशेष अस्पतालमा उपचाररत सैनामैना नगरपालिका–७ रामापुरका ४० वर्षीय पुरुषको गए राति ११ः५० बजे मृत्यु भएको हो।
११ असोजमा कोरोना पोजिटिभ देखिएका उनलाई श्वास फेर्न समस्या भएपछि १३ असोज साँझ अस्पताल भर्ना गरिएको थियो।
उनको भेन्टिलेटरमा उपचारका क्रममा मृत्यु भएको लुम्बिनी प्रादेशिक अस्पतालका सूचना अधिकारी डा. विष्णु गौतमले बताए।