क्यानका अध्यक्ष चन्द र महासचिव प्याकुरेललाई कोरोना संक्रमण
नेपाल क्रिकेट संघ (क्यान)का अध्यक्ष चतुरबहादुर चन्द र महासचिव अकोशनाथ प्याकुरेललाई कोरोनाभाइरस संक्रमण भएको छ।
संक्रमित दुवै जनाको स्वास्थ्य अवस्था सामान्य रहेको क्यानले जनाएको छ। ६ असोजमा चितवनमा भएको बोर्ड बैठकबाट फर्किएपछि उनीहरूले पीसीआर परीक्षण गरेका थिए।
बिहीबार आएको परीक्षण रिपोर्टमा चन्द र प्याकुरेललाई संक्रमण पुष्टि भएको हो। संघले अध्यक्ष चन्द र महासचिव प्याकुरेलसँग प्रत्यक्ष सम्पर्कमा रहेका सबैलाई क्वारेन्टिनमा बस्न अपील गरेको छ।