कोरोनाबाट थप ११ जनाको मृत्यु
पछिल्लो २४ घण्टामा कोरोनाबाट थप ११ जनाको मृत्यु भएको छ। यससँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ५०९ पुगेको छ। मृतकमध्ये ४ जना काठमाडौं उपत्यकाका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मृत्यु हुनेमा काठमाडौंमा ६८ र ७८ वर्षीय पुरुष छन् भने भक्तपुरका ६८ र ललितपुरका ४८ वर्षीय पुरुष छन्।
त्युस्तै, सुनसरीका २७, ५० र ५६ वर्षीय पुरुष र बाँकेकी ४३ वर्षीया महिलाको मृत्यु भएको छ। यसैगरी, रूपन्देहीका ४२, ५५ र ८० वर्षीय पुरुषको पनि मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
नेपालमा पछिल्लो २४ घण्टायता १९११ जना कोरोना संक्रमित थपिएका छन्। यससँगै नेपालमा हालसम्म कोरोना संक्रमित हुनेको संख्या ७९७२८ जना पुगेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १२४४४ वटा पीसीआर परीक्षण गरिएको छ। यससँगै हालसम्म १०३३९४७ वटा पीसीआर परीक्षण भएको छ।
पछिल्लो २४ घण्टामा ९६१ जना निको भएका छन् भने हालसम्म संक्रमणबाट निको हुनेको संख्या ५७३८९ जना पुगेको छ।
हाल सक्रिय संक्रमितको संख्या २१८३० छ। त्यसमध्ये संस्थागत आइसोलेसनमा १०७६१ र होम आइसोलेसजमा ११०६९ जना रहेका छन्।
त्यस्तै क्वारेन्टिनमा ५०७७ जना छन्। साथै २२० जनाको आईसीयूमा र २५ जनाको भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ।