काठमाडौं उपत्यकामा थपिए ९४३ जना कोरोना संक्रमित
काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टायता ९४३ जना कोरोना संक्रमित थपिएका छन्। थपिएकामध्ये काठमाडौंका मात्र ८१७ जना रहेका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार भक्तपुरमा ५८ र ललितपुरमा ६८ जना संक्रमित थपिएका छन्। मन्त्रालयका अनुसार काठमाडौंमा २७७ महिला र ५४५ पुरुष, भक्तपुरमा २६ महिला र ३२ पुरुष तथा ललितपुरमा ३० महिला र ३८ पुरुषमा संक्रमण पुष्टि भएको छ।
नेपालमा पछिल्लो २४ घण्टायता १९११ जना कोरोना संक्रमित थपिएका छन्। यससँगै नेपालमा हालसम्म कोरोना संक्रमित हुनेको संख्या ७९७२८ जना पुगेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १२४४४ वटा पीसीआर परीक्षण गरिएको छ। यससँगै हालसम्म १०३३९४७ वटा पीसीआर परीक्षण भएको छ।
आज ९६१ जना निको भएका छन् भने हालसम्म संक्रमणबाट निको हुनेको संख्या ५७३८९ जना पुगेको छ। हाल सक्रिय संक्रमितको संख्या २१८३० छ। त्यसमध्ये संस्थागत आइसोलेसनमा १०७६१ र होम आइसोलेसजमा ११०६९ जना रहेका छन्।
त्यस्तै क्वारेन्टिनमा ५०७७ जना छन्। साथै २२० जनाको आईसीयूमा र २५ जनाको भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ।