नेपालगञ्जको सोल्टी होटललाई पर्यटन मन्त्रालयको सम्मान
बाँकेको नेपालगञ्जस्थित् सोल्टी वेष्टेण्ड प्रिमियर होटललाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सम्मान गरेको छ। ४१औँ विश्व पर्यटन दिवसको अवसरमा होटललाई वातावरण मैत्री प्रविधि प्रयोग गरी सुविधासम्पन्न होटेल विस्तारमार्फत् वातावरण र दिगो विकास समेतमा उल्लेखनीय योगदान पुर्याएको भन्दै सम्मान गरिएको हो।
सोल्टी वेष्टेण्ड प्रिमियर होटेल नेपालगञ्ज, काठमाडौंस्थित् सोल्टी होटलको ब्राण्डमा संचालित, पाँचतारे स्तरमा वर्गीकृत प्रदेश–५ को पहिलो पाँचतारे होटल हो। यो होटेल नेपालको पहिलो अन्तर्राष्ट्रियस्तरको वातावरणमैत्री लिड प्रमाणिकृत ग्रिन होटेल भएको होटल सञ्चालक कम्पनीले जनाएको छ।
कम्पनीका अनुसार सोल्टी वेस्टेण्ड प्रिमियर होटेल नेपालगञ्जले अपनाएका प्रविधिहरू पूर्णतः पर्यावरणमैत्री छन्। वातावरण अनुकुलनका लागि नेपालमा पहिलो पटक प्रयोग भएको रेडियन टेक्नोलोजी, फोहोर व्यवस्थापन प्रविधि, वायु प्रशोधित गरि पुनर्प्रवाह, वर्षातको पानी पुनर्भरण, पानी शुद्धिकरण सयन्त्र, ध्वनि प्रदूषण नियन्त्रण, रिजेन टेक्नोलोजीयुक्त लिफ्टहरू, सौर्य उर्जा, र स्वचालित कम्युटर प्रविधियुक्त भवन व्यवस्थापन प्रणाली जडान गरिएको छ।
होटलमा आधुनिक सुविधा सम्पन्न ८१ कोठा रहेका होटेलका अध्यक्ष दिनेशबहादुर बिष्टले बताए।