शंकरदास वैरागी मुख्यसचिव नियुक्त, युवराज खतिवडा अमेरिका र लोकदर्शन रेग्मी बेलायतको राजदूतमा सिफारिश
सरकारले परराष्ट्र सचिव शंकरदास वैरागीलाई नेपाल सरकारको मुख्य सचिव नियुक्त गर्ने निर्णय गरेको छ।
बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले बैरागीलाई मुख्यसचिव बनाउने निर्णय गरेको हो। बिहीबार बिहान मुख्यसचिव लोकदर्शन रेग्मीले राजीनामा दिएका थिए। उनको कार्यकाल आउँदो ३ कात्तिकमा सकिंदै थियो। रेग्मीको राजीनामा स्वीकृत गरेपछि बैरागीलाई मुख्यसचिव नियुक्त गर्ने निर्णय भएको कृषिमन्त्री घनश्याम भुषालले हिमालखबर लाई बताए।
त्यसैगरी, सरकारले पूर्व अर्थमन्त्री युवराज खतिवडालाई अमेरिकाको राजदूतमा नियुक्तिका लागि सिफारिश गर्ने निर्णय गरेको छ। मुख्यसचिवबाट राजीनामा गरेका रेग्मीलाई बेलायतको राजदूतमा नियुक्तिका लागि सिफारिश गरिएको छ।