सानिमा बैंकको नयाँ शाखा रौतहटको चन्द्रपुरमा
सानिमा बैंक लिमिटेडले रौतहटको चन्द्रपुरमा आफ्नो ८३आंैै शाखा कार्यालय स्थापना गरीे बैंकिङ्ग सेवा विस्तार गरेको छ। सानिमा बैंकको चन्द्रपुर शाखा १४ असोजदेखि औपचारिक रुपमा संचालनमा आएको हो। रौतहट जिल्ला, चन्द्रपुर नगरपालिका वडा नं.४ स्थित, चन्द्रपुर शाखाको उद्घाटन चन्द्रपुर नगरपालिकाका मेयर रामचन्द्र चौधरीले गरे।
जारी कोरोना भाइरसको संक्रमणलाई ध्यानमा राख्दै सुरक्षा सावधानीका उपायहरू अपनाएर शाखा संचालनमा आएकोमा मेयर चौधरीले सानिमा बैंकलाई धन्यवाद दिँदै आगामी दिनमा पनि सुरक्षित तरिकाले शाखाको सेवा सुचारु राख्न आग्रह गरे।
सो शाखा संचालनमा आएसँगै चन्द्रपुर र सो क्षेत्र आसपासका बासिन्दालाई गुणस्तरीय बैंकिङ्ग सेवामा सहज पहुँच पुग्ने विश्वास बैंकले लिएको छ। सानिमा बैंकको सातै प्रदेशमा हाल ८३ वटा शाखा, १५ विस्तारित काउन्टर र ८१ वटा ए.टि.एम. संचालनमा रहेका छन्।