डा. गोविन्द केसीको समर्थनमा पाटन दरबार क्षेत्रमा नाटक तथा चित्रकला प्रदर्शन
डा.गोविन्द केसीको सत्याग्रहको समर्थनमा आज पाटन दरबार क्षेत्रमा नाटक तथा चित्रकला प्रदर्शन भएको छ। सोलिडारीटि फर फर डा.गोविन्द केसी समूहले आयोजना गरेको कार्यक्रममा रंगकर्मी घिमिरे युवराजले ‘अश्लिल सत्ता’ शिर्षकमा एकल प्रस्तुती दिएका हुन्।
रंगकर्मी घिमिरेले नेपालको सम्पुर्ण क्षेत्र डामाडोल बनाएर अश्लिलता देखाईरहेका शासकहरूलाई नाटकमा कटाक्ष गरिएको बताए। डा.गोविन्द केसीसँग भएको १८ औं पटकको सहमति कार्यन्वयन नगरेर शासकले जनताको स्वास्थ्यप्रति खेलवाड गरिरहेको घिमिरेको बुझाइ छ। यस्तो खेलवाडप्रति खबरदारी नाटक भएको घिमिरेले बताए।
त्यस्तै चित्रकार रविन्द्र श्रेष्ठले ‘मानवता’ शिर्षकमा डा.गोविन्द केसीको ‘फिंगर प्रिन्ट’ प्रदर्शन गरे। चित्रकार श्रेष्ठले यो चित्रकला प्रदर्शन गर्नुको कारण प्रष्ट पार्दै भने “हामी विभिन्न जात जाती, भाषा भाषी, धर्म संस्कृतिबाट भएपनि मानव हौं। यो हामी मानवको लागि उहाँले गरिरहनुभएको सत्याग्रहमा समर्थन हो।”
उनले केही वर्षअघि लिएको डा केसीको औंठा छापलाई ठूलो बनाएर प्रदर्शन गरेका हुन् । औंठा छापको बीचमा रातो धर्का कोरेका छन्। त्यो धर्काको अर्थ उनले 'सिम्बल अफ कनेक्सन' भएको बताए।