कोरोनाबाट थप ७ जनाको मृत्यु, मृतकको संख्या ४९८ पुग्यो
पछिल्लो २४ घण्टामा कोरोनाबाट ७ जनाको मृत्यु भएको छ। यससँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ४९८ पुगेको छ। मृतकमध्ये ३ जना काठमाडौं उपत्यकाका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मृत्यु हुनेमा काठमाडौंमा ३४ र ८६ वर्षीया महिला छन् भने ५४ वर्षीय पुरुष रहेका छन्। त्युस्तै सुनसरीमा ६० वर्षीय, सप्तरीमा ६० वर्षीय र रुपन्देहीमा ८२ वर्षीय पुरुषको कोरोनाबाट मृत्यु भएको छ।
नेपालमा पछिल्लो २४ घण्टायता १५५९ जना कोरोना संक्रमित थपिएका छन्। यससँगै नेपालमा हालसम्म कोरोना संक्रमित हुनेको संख्या ७७८१७ जना पुगेको छ।
पछिल्लो २४ घण्टामा १२२०५ वटा पीसीआर परीक्षण गरिएको छ। यससँगै हालसम्म १०२१५०३ वटा पीसीआर परीक्षण भएको छ।
आज १०५७ जना निको भएका छन् भने हालसम्म संक्रमणबाट निको हुनेको संख्या ५६४२८ जना पुगेको छ। हाल सक्रिय संक्रमितको संख्या २०८९१ छ। त्यसमध्ये संस्थागत आइसोलेसनमा १००८७ र होम आइसोलेसजमा १०८०४ जना रहेका छन्।
त्यस्तै क्वारेन्टिनमा ५४२८ जना छन्। साथै २०१ जनाको आईसीयूमा र ३१ जनाको भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ।