विश्वमा दुई करोड ५१ लाख मानिस कोरोनामुक्त भए
विश्वमा अहिलेसम्म तीन करोड ३८ लाख ३२ हजारभन्दा बढी मानिसलाई कोरोनाभाइरस संक्रमण भएको छ। तीमध्ये संक्रमणमुक्त हुनेको संख्या दुई करोड ५१ लाख ३८ हजार पुगेको छ।
विश्वका विभिन्न देशमा उपचाररत बिरामीको संख्या करीब ७६ लाख ८२ हजार छ। उपचाररत बिरामीमध्ये ६५ हजार ६६१ जना गम्भीर छन्। संक्रमणबाट मृत्यु हुनेको संख्या १० लाख ११ हजार ९८१ पुगेको छ।
पछिल्लो २४ घन्टामा विश्वमा पाँच हजार ८४३ जनाको मृत्यु भयो। जसमध्ये सबैभन्दा बढी भारतमा एक हजार १७८ जनाको मृत्यु भयो। त्यस्तै अमेरिकामा ९७७ र ब्राजिलमा ८४९ जनाको मृत्यु भएको छ।
अहिले सबैभन्दा बढी उपचाररत संक्रमित अमेरिकामा छन्। त्यहाँ २५ लाख ४६ हजार ९३३ जनाले उपचार गराइरहेका छन्। जसमध्ये १४ हजार २०६ जना गम्भीर छन्।
भारतमा उपचाररत संक्रमित नौ लाख ४१ हजार ३५६ छन्। तीमध्ये आठ हजार ९४४ जना गम्भीर छन्।
कोरोनमुक्त हुनेको संख्या भारतमा सबैभन्दा बढी छ। त्यहाँ ५१ लाख ८४ हजार ६३४ जना संक्रमणमुक्त भइसकेका छन्। त्यसपछि अमेरिकामा ४६ लाख ४८ हजार ४२८ जना निको भएका छन्। ब्राजिलमा पनि अहिलेसम्म ४१ लाख ३५ हजार जना निको भएका छन्।