कोरोनाबाट थप १० जनाको मृत्यु
नेपालमा कोरोना संक्रमबाट पछिल्लो २४ घण्टायता १० जनाको मृत्यु भएको छ। यससँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४९१ पुगेको छ। पछिल्लो २४ घण्टामा मृत्यु हुनेमा ३ महिला र ७ जना पुरुष रहेका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका पछिल्लो २४ घण्टामा मृत्यु हुनेमा सर्लाहीमा ७२ वर्षीया, बाँकेमा ७६ वर्षीया र काठमाडौंमा ५७ वर्षीया महिलाा रहेका छन्। त्यसै गरी मोरङमा ६८ वर्षीय, महोत्तरिमा ५८ वर्षीय, काठमाडौंमा ६०, ७० वर्षीय, चितवनमा ५५ वर्षीय, बाँकेमा ५३ र ३९ वर्षीयको मृत्यु भएको छ।
मन्त्रालयका अनुसार हाल २१३ जनाको आईसीयू र ३४ जनाको भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ।