यस्तो बन्दैछ पोखरा रंगशाला, निर्माणको ८६ प्रतिशत काम सम्पन्न
निर्माणाधिन पोखरा रंगशाला भौतिक निर्माणको कार्यप्रगति ८६ प्रतिशत सम्पन्न भएको छ। करिब १ अर्व २८ करोड ५० लाख लागतमा निर्माण भइरहेको रंगशाला निर्माणको काम ८६ प्रतिशत सम्पन्न भएको हो। माछापुच्छ्रे हिमालको फेदमै निर्माणाधीन यो रंगशाला निर्माण भएपछि नेपालकै ठूलो रंगशाला हुनेछ।
पश्चिमाञ्चल खेलकुद विकास समितिका इन्जिनियर प्रनिस ताम्राकारले पछिल्लो समय निर्माणको आवश्यक सामग्रीको अभावमा केही कामहरू रोकिएको बताए। भारतबाट ल्याउनुपर्ने सामग्री नआउँदा पीई बिल्डिङको निर्माण कार्य रोकिएको उनले बताए। स्टेडियमको पश्चिमतर्फ भिआइपी सिट मध्येको छानो निर्माणको काम पनि रोकिएको छ। अहिलेसम्म पोखरा रंगशाला निर्माणमा २० जना नेपाली कामदारले काम गरिरहेको उनले बताए।
चेन्जिङ्ग रुम, मिडिया सेन्टर लगायतको काम सकिएको छ भने छतसँगै बिजुली जडान गर्ने काम बाँकी रहेको छ। स्टेडियमको चारैतिरको पिच निर्माणाधिन अवस्थामा रहेको छ भने भने १७ वटा शौचालय निर्माण भइसकेका छन्। ब्रिक पाइपलाइन, सेनेटरी र टायलको काम जारी रहेको छ। मंसिर १५ देखि २४ गतेसम्म जारी १३ औं दक्षिण एशियाली खेलकुद प्रतियोगिताका केही खेलहरू यही पोखरा रंगशालामा सम्पन्न भएका थिए।
तस्वीरहरू





