हावाहुरीमा एक बालकको मृत्यु
आइतबार साँझ आएको विनाशकारी हावाहुरीबाट घाइते भएका एक बालकको मंगलबार निधन भएको छ।
हावाहुरीमा घाइते भई नेशनल मेडिकल कलेज वीरगञ्जमा उपचार गराइरहेका पाँच वर्षीय फैजल अन्सारीको उपचारको क्रममा मंगलबार मृत्यु भएको हो।
जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार सो हावाहुरीबाट घाइते भएका बाराको फेटा गाउँपालिका–६ बस्ने फिरोज अन्सारीका छोरा सख्त घाइते भएकाले उपचारका लागि नेशनल मेडिकल अस्पतालमा भर्ना गराएकामा मंगलबार उनको मृत्यु भएको हो ।
हावाहुरीमा परी मृत्यु हुनेको संख्या बारामा मात्रै २८ पुगेको छ । पर्सामा दुई गरी हावाहुरीका कारण ३० जनाको मृत्यु भइसकेको प्रहरीले जनाएको छ ।