टाटा मोटर्सको सवारी खरिदका लागि सानिमा ब्यांकले सहुलियतपूर्ण कर्जा दिने
अब टाटाका कमर्सियल गाडी खरिद गर्न इच्छुक उद्यमी र संस्थाहरूलाई सानिमा ब्यांकले कर्जा प्रदान गर्ने भएको छ। टाटा मोटर्स नेपालका लागि एकमात्र आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङ प्रालि र सानिमा ब्याकंबीच यस सम्बन्धमा सम्झौता भएको छ।
अब टाटा मोटर्सको कमर्सियल गाडी खरिद गर्न चाहने खरिदकर्ताले सानिमा ब्यांकको देशैभरीका जुनसुकै शाखामार्फत् सहुलियतपूर्ण कर्जा प्राप्त गर्न सक्नेछन्।
नेपाल राष्ट्र ब्यांकले ब्यांक तथा वित्तिय संस्थाहरूलाई जारी गरेको निर्देशन, परिपत्र तथा सहुलियतपूर्ण कर्जाको लागि ब्याज अनुदान कार्यविधि, २०७५ को अधिनमा रही ब्यांकको नीति अनुसार ग्राहकहरूलाई व्यावसायिक प्रयोजनका सवारी साधन खरिद गर्नका लागि सहुलियतपूर्ण कर्जा उपलब्ध गराइने ब्यांकले जनाएको छ।
सहुलियतपूर्ण कर्जाभित्र व्यावसायिक कृषि तथा पशुपक्षी कर्जा, शिक्षित युवा स्वरोजगार कर्जा, विदेशबाट फर्केका युवा स्वरोजगार कर्जा, महिला उद्यमशील कर्जा र दलित तथा पिछडिएका समुदाय व्यवसाय विकास कर्जा परेका छन्।
टाटाका गाडी खरिद गर्न इच्छुक हुने उद्यमी र संस्थाहरूलाई सहज रूपले नेपाल राष्ट्र ब्यांकको कार्यविधिभित्र रही कर्जा प्रदान गर्ने सम्बन्धमा सम्झौता भएको हो।
सम्झौतापत्रमा सिप्रदीका तर्फबाट उपाध्यक्ष शौरभराज थपलिया र सानिमा ब्यांकका तर्फबाट एसएमई मिड साइज बिजनेस प्रमुख हिटलर श्रेष्ठले हस्ताक्षर गरेका छन्।
सरल र सहज कर्जा उपलब्ध गराउने उद्देश्यका साथ यो सुविधा सिप्रदी ट्रेडिङ प्रालिका देशभरी रहेका सम्पूर्ण डिलरहरूबाट पनि उपलब्ध कम्पनीले बताएको छ।