काठमाडौं उपत्यकामा ८१७ जना कोरोना संक्रमित थपिए
काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टायता ८१७ जना संक्रमित थपिएका छन्। थपिएकामध्ये काठमाडौंका मात्र ६४९ जना रहेका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा २३५ महिला र ४१४ पुरुष, भक्तपुरमा १६ महिला र २० पुरुष तथा ललितपुरमा ५० महिला र ८२ पुरुषमा संक्रमण पुष्टि भएको छ।
पछिल्लो २४ घण्टायता देशभर भने १३५१ जना कोरोना संक्रमित थपिएका छन्। यससँगै कोरोना संक्रमितको संख्या ७४ हजार ७४५ पुगेको मन्त्रालयले जनाएको छ।
स्वास्थ्य मन्त्रालयका अनुसार मुलुकमा कोरोनाका सक्रिय संक्रमितको संख्या १९ हजार ६२४ जना छ। त्यसमध्ये ८६९५ जना संस्थागत आइसोलेसनमा र १०९२९ जना होम आइसोलेसनमा रहेका छन्।
त्यस्तै पछिल्लो २४ घण्टामा ७४२ जना निको भएका छन्। निको हुनेको संख्या ५४ हजार ६४० पुगेको छ।
हाल क्वारेन्टिनमा ६३१० जना रहेका छन् भने पछिल्लो २४ घण्टामा १० हजार ८० वटा नमूनाको पीसीआर परीक्षण गरिएको छ।
पछिल्लो २४ घण्टामा ४ जना कोरोना संक्रमितको मृत्यु भएको छ। यससँगै नेपालमा ४८१ संक्रमितको मृत्यु भएको छ।