कोरोनाबाट थप ४ जनाको मृत्यु
नेपालमा कोरोनाबाट थप ४ जनाको मृत्यु भएको छ। दुई महिला र दुई पुरुष गरी थप ४ जनाको मृत्यु भएसँगै नेपालमा मृतकको कुल संख्या ४८१ पुगेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा मृत्यु हुनेमा सुनसरीमा ३८ वर्षीया र भक्तपुरमा ५१ वर्षीया महिला तथा बाँकेमा ४७ वर्षीय पुरुष र गुल्मीमा ३४ वर्षीय पुरुषको मृत्यु भएको छ।
नेपालमा पछिल्लो २४ घण्टायता थप १३५१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यससँगै नेपालमा हालसम्म कोरोना संक्रमित हुनेको संख्या ७४७४५ पुगेको छ।
पछिल्लो २४ घण्टामा ७४२ जना संक्रमणमुक्त भएका छन्।यससँगै संक्रमणमुक्त हुनेको संख्या नेपालमा ५४६४० पुगेको छ।
हाल मुलुकमा १९६२४ जना कोरोनाका सक्रिय संक्रमितहरू रहेका छन्। त्यसमध्ये ८६९५ जना संस्थागत आइसोलेसनमा र १०९२९ जना होम आइसोलेसनमा रहेका छन्।
आज १००८० वटा पीसीआर परीक्षण भएको छ भने ६३१० जना क्वारेन्टिनमा रहेका छन्।
मन्त्रालयका अनुसार २२५ जनाको आईसीयूमा र ३१ जनाको भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ।