सानिमा ब्याँकको दशै अफरमा निःशुल्क क्रेडिट कार्ड
दशैको उपलक्ष्यमा सानिमा बैंकले “यो पालिको दशैंमा, क्रेडिट कार्डको बहार सानिमा बैंकमा” नारासहित निःशुल्क क्रेडिट कार्ड जारी गर्ने भएको छ।
यो योजना १२ असोजदेखि मसान्तसम्म आवेदन दिने सम्पूर्ण ग्राहकका लागि लागू हुनेछ। साथै, सुलभ ब्याजदरमा मासिक किस्ताबन्दी भुक्तानीको व्यवस्था गर्न सकिनेछ। यसैगरी पहिलो ५० जना ग्राहकहरुले अनलाईन सपिङ्गपोर्टल दराजमा रु.३,००० बराबरको सामान खरिद गर्दा रु. ५०० को निःशुल्क भौचर समेत प्राप्त गर्न सक्नेछन् ।
सानिमा बंैकको सातै प्रदेशमा हाल ८२ वटा शाखा, १५ विस्तारित काउन्टर ८१ वटा ए.टि.एम. संचालनमा रहेका छन्। साथै, सानिमा बैंकको डेविट तथा क्रेडिट कार्ड प्रयोग गर्दा विभिन्न अस्पताल, सपिङ्ग आउटलेट, होटेल, रेष्टुरेन्ट आदिमा विशेष छुटको व्यवस्था रहेको छ।