दक्षिण कोरिया र इयूका राजदूतले राष्ट्रपति भण्डारीसमक्ष पेश गरे ओहदाको प्रमाणपत्र
राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष दक्षिण कोरिया र यूरोपियन यूनियनका नवनियुक्त राजदूतहरूले ओहदाको प्रमाणपत्र पेश गरेका छन्।
शीतल निवासमा आयोजित विशेष कार्यक्रममा नेपालका लागि दक्षिण कोरियाली राजदूत पार्क चोङ-सुक र यूरोपियन यूनियनका नोना डिप्रेजले ओहदाको प्रमाणपत्र पेश गरेको राष्ट्रपति कार्यालयले जनाएको छ।