कोरोनाबाट काठमाडौं उपत्यकाका पाँचसहित थप १० जनाको मृत्यु
नेपालमा पछिल्लो २४ घण्टामा कोरोनाबाट थप १० जनाको मृत्यु भएको छ। मृत्यु भएकामध्ये ५ जना काठमाडौं उपत्यकाका रहेका छन्। यससँगै कोरोनाबाट मृत्यु हुनेको संख्या ४७७ पुगेको छ।
मन्त्रालयका अनुसार मृत्यु हुनेमा बाराका २० वर्षीय, ललितपुरका ४४ र ७२ वर्षीय, रुपन्देहीका ७२ वर्षीय, बर्दियाका ६३ र ५० वर्षीय, अछामका ३४ वर्षीय र काठमाडौंका ६१, ६२ वर्षीय पुरुष र ५० वर्षीया महिला रहेका छन्।
नेपालमा पछिल्लो २४ घण्टायता थप १५७३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यससँगै हालसम्म मुलुकमा कोरोना संक्रमित हुनेको संख्या ७३३९४ पुगेको छ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ८८५ जना संक्रमणमुक्त भएका छन्। यससँगै हालसम्म कोरोना संक्रमणमुक्त हुनेको संख्या ५३८९८ पुगेको छ।
आज थप १०१२३ वटा नमूना पीसीआर परीक्षण भएको छ। हाल १९०१९ जना सक्रिय संक्रमित पुगेका छन्। त्यसमध्ये ८३२१ जना संस्थागत र १०१९८ जना होम आइसोलेसनमा उपचाररत छन्।
हाल क्वारेन्टिनमा ६२८१, आईसीयूमा २२५ र भेन्टिलेटरमा ३३ जनाको उपचार भइरहेको छ।