काठमाडौं उपत्यकामा थपिए ८०९ जना कोरोना संक्रमित
काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टायता ८०९ जना संक्रमित थपिएका छन्। थपिएकामध्ये काठमाडौंका मात्र ६३३ जना रहेका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा २३० महिला र ४०३ पुरुष, भक्तपुरमा २१ महिला र ५१ पुरुष तथा ललितपुरमा ४३ महिला र ६१ पुरुषमा संक्रमण पुष्टि भएको छ।
पछिल्लो २४ घण्टायता देशभर भने १५७३ जना कोरोना संक्रमित थपिएका छन्। यससँगै कोरोना संक्रमितको संख्या ७३ हजार ३९४ पुगेको मन्त्रालयले जनाएको छ।
स्वास्थ्य मन्त्रालयका अनुसार मुलुकमा कोरोनाका सक्रिय संक्रमितको संख्या १९ हजार १९ जना छ। त्यसमध्ये ८३२१ जना संस्थागत र १०१९८ जना होम आइसोलेसनमा छन्।
त्यस्तै, पछिल्लो २४ घण्टामा ८८५ जना निको भएका छन्। निको हुनेको संख्या ५३ हजार ८९८ पुगेको छ। पछिल्लो २४ घण्टामा १० हजार १२३ वटा नमूनाको पीसीआर परीक्षण गरिएको छ।
हाल क्वारेन्टिनमा ६२८१, आईसीयूमा २२५ र भेन्टिलेटरमा ३३ जनाको उपचार भइरहेको छ।