मन्त्रिपरिषद् निर्णय : इजरायलसँग कृषि प्रविधि हस्तान्तरण सम्झौता हुने
नेपाल र इजरायलबीच कृषि प्रविधि हस्तान्तरणसम्बन्धी सम्झौता गरिने भएको छ। आइतबार बसेको मन्त्रिपरिषद् बैठकले इजरायलयका लागि नेपाली राजदूत अञ्जान शाक्यलाई यस सम्बन्धमा सम्झौता गर्ने अख्तियारी प्रदान गर्ने निर्णय गरेको एक मन्त्रीले बताए।
यसअघि ६ असोजमा बसेको मन्त्रिपरिषद् बैठकले इजरायल सरकारसँग स्वास्थ्य क्षेत्रमा नेपाली कामदार (केयर गिभर) लैजाने सम्झौतामा हस्ताक्षर गर्न राजदूत शाक्यलाई नै जिम्मेवारी दिएको थियो।
यस्तै, मन्त्रिपरिषद् बैठकले नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) को कार्यकारी निर्देशकमा दीपक भण्डारीलाई नियुक्त गर्ने निर्णय पनि गरेको छ।
६ महीनादेखि निमित्त कार्यकारी निर्देशकका रूपमा कार्यरत भण्डारीलाई कार्यकारी निर्देशकमा नियुक्त गर्ने निर्णय गरेको ती मन्त्रीले जानकारी दिए।भण्डारीलाई वरिष्ठताको आधारमा कार्यकारी निर्देशक नियुक्त गरिएको हो।
“विशेष निर्णय र छलफल केही केही भएन, भएका यीनै निर्णयहरू हुन्”, ती मन्त्रीले भने।