निवासका सैनिकमा कोरोना देखिएपछि प्रधानसेनापति थापा सेल्फ क्वारेन्टिनमा
प्रधानसेनापति पूर्णचन्द्र थापा सेल्फ क्वारेन्टिनमा बसेका छन्। निवासमा कार्यरत एक सैनिकमा कोरोना संक्रमण देखिएपछि प्रधानसेनापति सेल्फ क्वारेन्टिनमा बसेका हुन्।
सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले थापा आइतबार बिहानदेखि सेल्फ क्वारेन्टिनमा बसेको जनाएको छ। निर्देशनालयले प्रधानसेनापतिको निवासको भान्छामा कार्यरत एक सदस्यमा शनिबार कोरोना संक्रमण पुष्टि भएको जनाएको छ।
त्यसपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको निर्देशिका र मापदण्ड बमोजिम प्रधानसेनापति सेल्फ क्वारेन्टिनमा बसेको निर्देशनालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।