कोरोनाबाट थप ८ जनाको मृत्यु, मृतकको संख्या ४६७
नेपालमा पछिल्लो २४ घण्टायता थप ८ जनाको कोरोनाबाट मृत्यु भएको छ। यससँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ४६७ जना पुगेको छ।
मन्त्रालयका अनुसार मृत्यु हुनेमा सप्तरीमा ६३ वर्षीय, काठमाडौंमा २० र ७४ वर्षीय, भक्तपुरमा ८८ वर्षीय, मकवानपुरमा ७४ वर्षीय, ललितपुरमा ७६ वर्षीय, रुपन्देहीमा ७२ वर्षीय र कैलालीमा ३० वर्षीय पुरुष रहेका छन्।