मुगुमा ट्याकटर दुर्घटना हुँदा चालकको मृत्यु
जिल्लाको छायाँनाथ रारा नगरपालिका–१४ स्थित न्युरीघाट खोलामा ना ७ त ३६६६ नम्बरको ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ।
ढुङ्गा बोक्ने क्रममा उक्त ठाउमा ट्याक्टर दुर्घटना भई सडकबाट करीब १ सय मिटर तल खस्दा जुम्ला जिल्ला चंदननाथ नगरपालीका– ९ का चालक बिर्ख बहादुर गिरिको मृत्यु भएको हो।
दुर्घटना भई खोलामा अचेत अवस्थामा रहेका उनलाई स्थानीयले उद्दार गरी नजीकैको स्वास्थ्य चौकीमा लगे पनि उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मुगुका प्रहरी निरीक्षक तथा सूचना अधिकारी भिमदत्त जोशीले जानकारी गराए। ट्याकटर दुर्घटना भएको जानकारी आएपछि सुरक्षकर्मीको टोली त्यसतर्फ खटाइएको र दुर्घटनाको बिस्तृत विवरण आउन बाँकी रहेको उनले जानकारी दिए।