पछिल्लो २४ घण्टामा १७ जना कोरोना संक्रमितको मृत्यु
पछिल्लो २४ घण्टायता नेपालमा थप १७ जना कोरोना संक्रमितको मृत्यु भएको छ। यससँगै मुलुकमा कोरोनाबाट हालसम्म मृत्यु हुनेको संख्या ४५३ पुगेको छ।
मृत्यु हुनेमा काठमाडौंका ६८ वर्षीया महिला र ८० वर्षीय, ७९ वर्षीय र ७५ वर्षीय पुरुष रहेका छन्।
यस्तै, मोरङका ५५ वर्षीया महिला, झापाका ७८ वर्षीय पुरुष, सुनसरीका ८१ वर्षीया महिला र धनुषाका ६८ वर्षीया र ७० वर्षीय पुरुषको मृत्यु भएको छ।
यसैगरी, रौतहटका ६५ वर्षीय पुरुष, भक्तपुरका ७३ वर्षीय महिला र ८४ वर्षीय पुरुष, धादिङका ३२ वर्षीया महिला, तनहुँका ३९ वर्षीय पुरुष, दाङका ३९ वर्षीय पुरुषको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
कपिलवस्तुका ५० वर्षीय पुरुष र नवलपरासीका ५५ वर्षीय पुरुषको पनि मृत्यु भएको मन्त्रालयले जनाएको छ।