काठमाडौं उपत्यकामा थपिए ७५५ संक्रमित
काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टायता ७५५ जना कोरोना संक्रमित थपिएका छन्। थपिएकामध्ये काठमाडौंका मात्र ६०९ जना रहेका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा २२९ महिला र ३८० पुरुष, भक्तपुरमा १२ महिला र ३९ पुरुष तथा ललितपुरमा ३८ महिला र ५७ पुरुषमा संक्रमण पुष्टि भएको छ।
पछिल्लो २४ घण्टायता देशभर भने १४९७ जना कोरोना संक्रमित थपिएका छन्। यससँगै कोरोना संक्रमितको संख्या ६९ हजार ३०१ पुगेको मन्त्रालयले जनाएको छ।
हाल सक्रिय संक्रमितको संख्या १८४२७ छ। जसमध्ये ८६१४ संस्थागत आइसोलेसनमा र ९८२३ जना होम आइसोलेसनमा रहेका छन्। पछिल्लो २४ घण्टायता ११४४९ जनाको पीसीआर परीक्षण भएको छ।
हाल आईसीयूमा २३२ जना भेन्टिलेटरमा २८ जनाको उपचार भइरहेको छ।
पछिल्लो २४ घण्टायता १७ जना संक्रमितको मृत्यु भएको छ। यससँगै कोरोनाबाट मृत्यु हुनेको संख्या ४५३ पुगेको छ।