कोरोनाबाट थप ७ जनाको मृत्यु, मृतकको संख्या ४३६ पुग्यो
पछिल्लो २४ घण्टायता नेपालमा थप ७ जना कोरोना संक्रमितको मृत्यु भएको छ। यससँगै मुलुकमा कोरोनाबाट हालसम्म मृत्यु हुनेको संख्या ४३६ पुगेको छ।
मृत्यु हुनेमा काठमाडौंमा ६८ वर्षीया महिला र १६ वर्षीय एक पुरुष रहेका छन्। त्यसैगरी झापाका ८६ वर्षीय, सिराहाका ५० वर्षीय, ललितपुरका ७४ वर्षीय र बर्दियका ६४ र ३९ वर्षीय पुरुषको मृत्यु भएको छ।