सानिमा ब्यांकको क्रेडिट कार्डका लागि अनलाइनबाटै आवेदन दिन मिल्ने
सानिमा विकास ब्यांकले ग्राहकहरूको सुविधा र सुरक्षालाई ध्यानमा राखी अनलाइनमार्फत् क्रेडिट कार्ड आवेदन दिन सक्ने व्यवस्था गरेको छ।
ग्राहकले क्रेडिट कार्ड आवेदन दिनका लागि ब्यांकको वेवसाइटमा गई “क्रेडिट कार्ड आवेदन” मा क्लिक गरी फारममा उल्लेखित आवश्यक विवरण भरी सरल रुपमा आवेदन दिन सक्नुहुनेछ। फारम भरेसँगै क्रेडिट कार्ड स्वीकृत भएकोबारे र कार्ड उपलब्ध गराइने समय सम्बन्धी जानकारी इमेल तथा फोनमार्फत् गराइनेछ।
क्रेडिट कार्ड आवेदनका लागि ब्यांकसम्म भौतिक रुपमा पुग्नु नपर्ने भएका कारण यो प्रक्रिया सरल, सुरक्षित हुनुका साथै समयको पनि बचत हुने ब्यांकको दाबी छ।
यो सुविधा यही ६ असोजदेखि संचालनमा ल्याएको ब्यांकले जनाएको छ। सानिमा ब्यांकको क्रेडिट कार्ड प्रयोग गरी अनलाइन सपिङ्ग गर्दा छुट प्राप्त गर्नुका साथै मासिक किस्तामा सामान खरिद गर्न सकिन्छ।