गाेरखामा बर्डफ्लुको आशङ्कामा सात हजार चल्ला नियन्त्रण
गोरखामा बर्डफ्लुको आशङ्कामा सात हजार भन्दा बढी कुखुराका चल्ला नियन्त्रणमा लिइएको छ ।
गएराति सदरमुकाम भित्र्याउँदै गरिएका चल्ला गोरखा नगरपालिका–१३ स्थित मझुवा देउरालीमा क्वारेनटाइन जाँचका क्रममा नियन्त्रणमा लिइएको भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्रका प्रमुख डा बज्रकिशोर ठाकुरले जानकारी दिए ।
“नियन्त्रणमा लिइएका चल्लाको नमूना परीक्षणका लागि पोखरास्थित पशुरोग अन्वेषण प्रयोगशालामा पठाउन लागिएको छ”, उनले भने ।, “परीक्षणपछि मात्र बिक्री गर्न मिल्ने नमिल्ने थाहा हुन्छ ।”
बरामद गरिएका चल्लाको भेटिनरी प्रमाणपत्रमा शंका लागेकोले नियन्त्रणमा लिइएको उनले बताए ।
पछिल्लो पटक केही जिल्लामा बर्डफ्लु भेटिएको पूष्टी भएपछि गोरखामा बर्डफ्लु भित्रन नदिन कार्यालयले उच्च सर्तकता अपनाएको छ ।