काठमाडौं उपत्यकामा थप ६४७ जनामा कोरोना संक्रमण पुष्टि
काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टायता ६४७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यससहित देशभर पछिल्लो २४ घण्टामा कोरोना संक्रमित हुनेको संख्या १३५६ पुगेको छ।
मन्त्रालयका अनुसार उपत्यकाका जिल्लाहरू काठमाडौंमा ५११ जना, भक्तपुरमा ६३ जनार ललितपुरमा ७३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।
मंगलबार उपत्यकामा एकजनाको कोरोनाबाट मृत्यु भएको छ। काठमाडौंका एक ५० वर्षीय पुरुषको मृत्यु भएको मन्त्रालयले जनाएको छ।