प्रधानमन्त्री बारा र पर्सा जाँदै
प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार राति हावाहुरीबाट बारा र पर्सामा जनधनको क्षति भएकोमा गहिरो दुःख व्यक्त गर्दै साेमबार बारा र पर्सा जाँदै छन् ।
प्रधानमन्त्री ओली आफ्नो प्रमुख आतिथ्यमा सोमबार झापामा हुने तीनवटा कार्यक्रम स्थगित गरी बारा र पर्सामा उद्धार र राहत कार्यको अनुगमन गर्न जाने कार्यक्रम रहेको छ ।
प्रधानमन्त्री सोमबार बिहान १०ः३० बजे सेनाको हेलिकप्टरबाट त्यसतर्फ प्रस्थान गर्ने उनका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिएका छन् ।