ब्रबिम शेर्मा र सीता सिंघकको ‘ज्यानै हाजिर भो’ सार्वजनिक
ब्रबिम शेर्मा र सीता सिंघकको ‘ज्यानै हाजिर भो’ गीतको म्युजिक भिडिओ सार्वजनिक भएको छ। लिम्बु भाषाको गीतमा स्थापित गायक शेर्मा र गायिका सिंघकले मुलधारको गायनमा पनि दर्शक तथा स्रोताको माया उत्तिकै पाउने अपेक्षा गरेको बताएका छन्।
केलाङ लयमा रहेको गीतमा शब्द तथा संगीत लेखक तथा साहित्यकार राजन मुकारुङको रहेको छ। उनले करीब आधा दर्जन जति गीतमा संगीत गरिसकेका भए पनि गीतको म्युजिक भिडिओको रूपमा भने यो पहिलो हो।
मुकारुङ भन्छन् “मातृभाषामा स्थापित गायक-गायिकाले स्वर दिनुभएको गीत लिम्बु समुदायले धान नाच्दा गाउने केलाङ नाँचसित आउने लय हो।” थैली इन्टरटेनमेन्टको प्रस्तुती रहेको ‘ज्यानै हाजिर भो’ गीतको म्युजिक भिडिओ ‘ओरिजिन नेपाल’ युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ।
किरण चाम्लिङ राईले निर्देशन गरेका म्युजिक भिडिओमा गायक ब्रबिम शेर्मासहित इक्शा मादेन र पुष्पा लिम्बुको अभिनय रहेको छ।