निजामती कर्मचारी ट्रेड यूनियनको निर्वाचन स्थगन गर्ने सरकारको निर्णय
सरकारले निजामती कर्मचारीहरूको आधिकारिक ट्रेड यूनियनको निर्वाचन स्थगन गर्ने निर्णय गरेको छ। २४ असोजलाई तय ट्रेड यूनियनको निर्वाचन स्थगन गर्ने निर्णय भएको एक मन्त्रीले बताए।
मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले अर्को निर्णय नभएसम्मका लागि निर्वाचन स्थगन निर्णय गरेको हो। कोरोनाभाइरस महामारीको जोखिम कम भइनसकेकाले निर्वाचन स्थगन गर्ने निर्णय गरिएको ती मन्त्रीले बताए।
मंगलबारको मन्त्रिपरिषद् बैठकले गरेका बाँकी निर्णय भने उनले खुलाउन चाहेनन्। “उल्लेख्य निर्णय केही पनि भएको छैन, नियमित बैठक हो। बाँकी निर्णय प्रवक्ता ज्यूले बिहीबार सार्वजनिक गर्नुहुन्छ”, उनले भने।