चिट्ठा परेको भन्दै इमोबाट पैसा ठगी गर्ने दुईजना पक्राउ
चितवनकी एक महिलालाई सामाजिक सञ्जाल इमोबाट फोन गरेर रु १ लाख ८० हजार ठगी गर्ने विराटनगरका दुई युवा पक्राउ परेका छन्।
चितवन कालिका नगरपालिका ४ की सीता थपलियालाई फोन गरेर रु २५ लाख चिट्ठा परेको भन्दै कर बापतको रकम भनेर बैंक खातामा जम्मा गर्न लगाई ठग िगर्ने विराटनगर १५ का पंकजकुमार साह (२७) र वडा न. ११ का साहिल हुसेन अन्सारी (२७) आइतबार पक्राउ परेका हुन्।
थपलियालाई फोन गरेर चिट्ठाको रकम प्राप्त गर्न पहिले कर बुझाउनुपर्ने भन्दै उनीहरुले रकम माग गरेको प्रहरीले बताएको छ। साहले हुसेनको सहयोगमा विराटनगर ९ का कामेश्वर स्वर्णकारको ब्यांक खातामा रकम जम्मा गर्न लगाएका थिए। साहले ग्लोवल आइएमई ब्यांकको खाता भएका साथी खोज्न हुसेनलाई लगाएका थिए। हुसेनले उपचारका साथीबाट मागेको रकमका लागि भन्दै स्वर्णकारसंग खाता नम्बर मागेका थिए।
स्वर्णकारको खातामा थपलियाले रु १ लाख चेकबाट र रु ८० हजार नगद जम्मा गरेकी थिइन्। प्रहरीका अनुसार, स्वर्णकारले रु १ लाख निकालेर साहलाई दिएका थिए। रु ३० हजार हुसेनलाई दिएका थिए। खातामा बांकी रहेको रु ५० हजार अर्को दिन निकाल्न जांदा ब्यांले शंका गरेको थियो। ब्यांकका कर्मचारीले शंका गरेर स्वर्णकारलाई जस्को रकम हो उसैलाई फिर्ता गरिदिनु भनेका थिए।
स्वर्णकारले आÏना साथी हुसेनलाई सो कुरा बताएपछि थपलियालाई रकम फिर्ता गर्न ब्यांकमा जम्मा गर्न गएका बेला उनीहरु पक्राउ परेका हुन्। अनुसन्धानबाट स्वर्णकार दोषी नदेखिएको प्रहरीले बताएको छ। उपचारका लागि रकम मगाएको भनेकाले स्वर्णकारले खाता नम्बर दिएकाले उनलाई छाडिएको प्रहरी उपरिक्षक सन्तोष खड्काले बताए।
इमोबाट चिट्ठा परेको भन्दै फोन गरेर रकम ठगी गर्ने गिरोह विभिन्न समयमा पक्राउ पर्ने गरेपनि सर्वसाधारण ठगीने क्रम अझैं रोकिएको छैन। मोरङ कटहरीका किशन सिंहलाई कौन बनेका करोडपतिमा रु २५ लाख पुरस्कार परेको भन्दै इमोमा फोन आउने गरेको छ। उनीसंग हिन्दीमा बोल्ने मानिसले सोमबार कर बापतको रु २५ हजार माग गरेको थियो।
यस्तै ठगीमा दुई वर्षअघि प्रहरीले मोरङ रंगेली नगरपालीका ६ का अजितकुमार साह, कैलाश ऋषिदेव र सुनवर्षी नगरपालिका ५ का हेमशंकर ऋषिदेव पक्राउ गरेको थियो। झापा दमक ८ निवासी सीता भुजेललाई इमोमाफर्त फोन गरी भारु २५ लाख पुरस्कार विजेता भनि रु १ लाख ठगी गरेको आरोपमा उनीहरु पक्राउ परेका थिए।