कोरोनाबाट थप १६ जनाको मृत्यु
नेपालमा पछिल्लो २४ घण्टामा १६ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ। यससँगै मुलुकमा कोरोनाबाट मृत्यु हुनेको संख्या ४२७ पुगेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित मिडिया ब्रिफिङमा दिएको जानकारी अनुसार मृत्यु हुनेमा ३ जना महिला र बाँकी पुरुष रहेका छन्।
मृत्यु हुने पुरुषमा झापाका ७२ वर्षीय, सुनसरीका ४९ वर्षीय, पर्साका ८८ वर्षीय, भक्तपुरका ८४ र ६२ वर्षीय, काठमाडौंका ५८ र ७३ वर्षीय, मकवानपुरका ६८ वर्षीय, ललितपुरका ६१ वर्षीय, चितवनका ५५ वर्षीय, रुपन्देहीका ६७ वर्षीय तथा बाँकेका ५० र ५९ वर्षीय छन्।
त्यस्तै महिलामा मकवानपुरकी १७ वर्षीया, ललितपुरकी ५८ वर्षीया र दोलखाकी ५२ वर्षीयाको मृत्यु भएको छ।