काठमाडौं उपत्यकामा ६७४ जना संक्रमित थपिए
काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टायता ६७४ जना संक्रमित थपिएका छन्। थपिएकामध्ये काठमाडौंका मात्र ५३८ जना रहेका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा २१३ महिला र ३२५ पुरुष, भक्तपुरमा ३० महिला र ४४ पुरुष तथा ललितपुरमा ३१ महिला र ३१ पुरुषमा संक्रमण पुष्टि भएको छ।
पछिल्लो २४ घण्टायता देशभर भने ११५४ जना कोरोना संक्रमित थपिएका छन्। यससँगै कोरोना संक्रमितको संख्या ६५ हजार २७६ पुगेको मन्त्रालयले जनाएको छ।
मन्त्रालयले दिएको जानकारी अनुसार हाल मुलुकमा १७६११ जना कोरोनाका सक्रिय संक्रमितहरू रहेका छन्। त्यसमध्ये ८९२१ जना संस्थागत आइसोलेसनमा र बाँकी होम आइसोलेसनमा रहेका छन्।
पछिल्लो २४ घण्टायता कोरोनाबाट १६ जनाको मृत्यु भएको छ भने १००५ जना निको भएका छन्। यससँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या ४७ हजार २३८ पुगेको छ भने मृतकको संख्या ४२६ पुगेको छ।
हाल क्वारेन्टिनमा ७४०३ जना रहेका छन्। पछिल्लो २४ घण्टामा ९५३३ वटा पीसीआर नमूना परीक्षण भएको छ।