१० लाख डाउन पेमेन्टमा डिएफएसकेका एसयूभी मोडलहरू, ४ लाखसम्म नगद छुट
डिएफएसकेको आधिकारीक वितरक कुजु नेपालले चाडपर्व दशैं र तिहारको उपलक्ष्यमा आफ्ना ग्राहकलाई विशेष योजना ल्याएको छ।
कुजुले ग्राहकलाई यो चाडपर्वको समयमा प्रिमियम एसयूभीमा विशेष छुट दिने योजनाका साथ ४ लाख रुपैयाँसम्म नगद छुट दिने योजना अगाडि ल्याएका छ।
अहिलेको विषम परिस्थितिलाई मध्यनजर गर्दै कम्पनीले डिएफएसकेको कुनैपनि मोडलको खरिदमा अफर दिन लागेको बताएको छ। कम्पनीले अहिले ग्लोरी ५६० र ग्लोरी ५८० एसयूभी नेपालमा बिक्री वितरण गर्दै आएका छ।
“हामीले तत्काल पैसा नहुने ग्राहकलाई मध्यनजर गर्दै १० लाख रुपैयाँ डाउन पेमेन्ट बुझाएर गाडी लिनसक्ने अफर दिएका छौं”, कम्पनीले भनेको छ। कम्पनीले ५० प्रतिशत डाउन पेमेन्ट तिरेर डिएफएसकेका एसयूभीकिन्न चाहने ग्राहकलाई ६ महिनाको मासिक किस्ता कम्पनीले नै तिरिदिने व्यवस्था समेत गरेको छ।
यीमध्य कुनै पनि योजना छनोट गरेर ग्राहकले आफ्नो लागि नयाँ एसयूभी खरिद गर्नसक्ने छन्। साथै, गाडी किन्ने ग्राहकले लक्की ड्र मार्फत ५ लाखको बम्पर पुरस्कार पनि जित्न सक्नेछन्।
पुराना गाडी लिएर एक्सचेन्ज गर्न आउने ग्राहकलाई पनि कम्पनीले १ लाख रुपैयाँ सम्मको बोनस र २०७७÷७८ को सडक दस्तुर कम्पनीले नै तिरिदिने छ।