काठमाडौं उपत्यकाका ६ सहित १० जना कोरोना संक्रमितको मृत्यु
नेपालमा पछिल्लो २४ घण्टायता कोरोनाबाट १० जनाको मृत्यु भएको छ। यससँगै मुलुकमा कोरोनाबाट मृत्यु हुनेको संख्या ४११ पुगेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मृत्यु हुनेमा काठमाडौं उपत्यकाका मात्रै ६ जना रहेका छन्। मृत्यु हुनेमा काठमाडौंका ४०, ६०, र ६३ वर्षीया महिला तथा ८२ वर्षीय पुरुष छन्। साथै ललितपुरमा ७५ वर्षीया र भक्तपुरमा ७२ वर्षीया महिलाको पनि कोरोनाबाट मृत्यु भएको छ।
यससँगै पाल्पामा ४० वर्षीया महिला, चितवनमा ८० वर्षीय पुरुष र रुपन्देहीमा ६७ वर्षीय पुरुषको कोरोनाबाट मृत्यु भएको छ।