बौद्धिक परनिर्भरता विरुद्धको पहिलो पाइला
नयराज पन्तकै शैलीमा अरू क्षेत्रमा पनि काम गरिएको भए नेपाल विद्याका केही हाँगाबिंगाको केन्द्र बन्थ्यो, अहिले जस्तो सबै क्षेत्रमा परमुखापेक्षी हुँदैनथ्यो।
२००९ साल असोजको कुरा। दशैं लागिसकेको थियो। नयराज पन्त (वि.सं १९७०–२०५९) ले खोलेको पाठशाला (पछि संशोधन–मण्डल) मा अरू अरू विद्यालयमा जस्तो दशैंको छुट्टी घटस्थापनादेखि कोजाग्रतसम्म नभई फूलपातीदेखि द्वादशीसम्म मात्र हुन्थ्यो।
घटस्थापनापछिको द्वितीया–तृतीयातिरको दिन हुनुपर्छ। पढाइ चलिरहेकै थियो। पाठशाला रहेकै घरको बगैंचामा टहरामा खोलिएको छापाखानामा छापिएको एउटा पुस्तिकाको चाङ लिई पाठशालामा दोस्रो तहमा पढ्ने तीन जना विद्यार्थी भित्र पसे।
१६ पेजी फर्माको आकारमा छापिएको त्यस पुस्तिकाको म्याटर चार पृष्ठमा अटाउने भए पनि निकै मन फुकाएर छापिएकोले ठाउँठाउँमा खाली राखी पुस्तिका आठ पृष्ठको बनाइएको थियो।
पाठशालामा दशैंको बिदा शुरू हुनुभन्दा अगाडि नै पुस्तिका छपाइसक्ने विचारले होला, त्यो साल असोज ५ गते घटस्थापना परेकोले दशैं शुरू हुने दिनको मिति २००९/६/५ त्यस पुस्तिकामा हालिएको। छाप्दा कति खर्च लाग्छ भन्ने थाहा नभएर होला, मोलचाहिं अघिबाटै नछापी पाठशालामा ल्याइसकेपछि हातैले मू.।६ लेखी मूल्य निर्धारण गरेको।
त्यसताका छापिने गरेका, राजनीतिसम्बन्धी पर्चा वा पुस्तिकाभन्दा निकै नै भिन्न प्रवृmतिको शीर्षक त्यस पुस्तिकाकोे थियो—
इतिहास–संशोधन/इतिहासकारहरूको असावधानीले गर्दा छोरा बाबु, बाबु छोरा भएर कान्तिपुरे मल्ल राजाहरूको वंशमा गडबडी हुँदा त्यस भ्रमको प्रमाण सहित निराकरण
जुन दिनको मिति राखेर पहिलो ‘इतिहास–संशोधन’ निस्कियो, त्यसको भोलिपल्ट आश्विन शुक्लद्वितीयादेखि षष्ठीसम्म अर्थात् २००९ असोज ६ गते आइतवारदेखि १० गते बिहीवारसम्मका पाँच दिन, दिनको एउटा एउटा गरेर नयराज पन्तले दशैंकोठामा देवीको अगाडि बसी संस्कृतमा रचेका पाँच पद्यमा आफ्ना शिष्यहरूको विद्यावृद्धिको कामना गरिएको छ।
मेरा चेलाहरू ठूला विद्वान् होऊन् र तिनीहरूले यस देशलाई विदेशीको दासताबाट मुक्त गर्न सकून् भन्ने प्रार्थना पहिलो पद्यमा छ। यसको मतलब आफ्ना विद्यार्थीहरू ठूला विद्वान् मात्र नभई नेपालमा विद्याको क्षेत्रमा रहेको, विदेशीको प्रभुत्व हटाउन सकून् भन्ने उनको कामना रहेको बुझिन्छ।
विदेशीको भनाइ नै प्रामाणिक ठात्रे, मिहिन दृष्टि नभएका विद्यार्थीहरू मेरो जीवनको सार भएको पाठशालामा कहिल्यै नआऊन् भनी उनले चारौं पद्यमा लेखेकाले विदेशी प्रभावको भरमा डिङ हाँक्नेहरूबाट आफू टाढा बस्ने उनको इच्छा भएको बुझिन्छ (पूर्णिमा १३७ पूर्णाङ्क, २०६९, ९०–९२ पृ.)।
यसरी पहिलो ‘इतिहास–संशोधन’ वि.सं. २००९ को दशैंमा निस्कनु र आफ्ना विद्यार्थीहरूबाट विदेशीको प्रभाव तोड्ने काम होओस् भन्ने प्रार्थना पनि नयराज पन्तले त्यही सालको दशैंमै गर्नुलाई संयोग मान्न सकिन्न। इतिहास–संशोधनको प्रकाशनको प्रारम्भ दशैंमा गर्नुको अर्थ गहिरो छ जस्तो मलाई लाग्छ।
...
तीन बीस नौमा टेक्दा
आफूले पाएको शिक्षा अपूरो अनुभव गरेर आफ्ना नजीकका केटाहरूलाई भेला गरी नयराज पन्तले १९९७ सालमा त्यस पाठशालाको थालनी गरेका थिए। आफ्ना प्रश्नपत्रमा परेका गल्तीसमेत फेला पार्न सक्ने गरी उनले तात्कालिक शिक्षाप्रणाली अनुसार बनारसबाट सिद्धान्तज्योतिषमा प्रथम श्रेणीमा आचार्य पास गरेका थिए।
तर त्यस शिक्षापद्धतिमा सम्पूर्ण ग्रन्थ उपस्थित गर्नु नपर्ने, सोधिएका प्रश्नको तृतीयांश मात्रको उत्तर दिए पनि परीक्षा पास गर्न सकिने भएको हुँदा त्यसरी पढेर आएकाले पढेको विद्याबाट खास काम गर्न नसकेको प्रत्यक्ष देखिन्थ्यो। त्यसैले नयराजले प्राचीन संस्कृतपरम्परा अनुसार समग्र ग्रन्थ उपस्थित राख्ने पद्धतिको पुनरुद्धार गर्ने अभिप्रायले पढाउन थालेका थिए।
आफ्नै ढङ्गको पाठशाला खोली पढाउन थालेका नयराज पन्तले प्रजातन्त्र आउनुभन्दा अगाडिका १० वर्षभित्रै केही विद्यार्थी तयार गरिसकेका थिए। संस्वृmत भाषामा ती विद्यार्थीको राम्रो अधिकार भइसकेको थियो र तीमध्ये केही त त्यही छाँटको पढाइ पढाउन पनि लागिसकेका थिए।
२००७ सालसम्म लेख्ने बोल्ने छूट नभएकोले नयराजले आपूmले चिताए अनुसार विद्यार्थीहरूद्वारा लेख प्रकाशन गराउने कामको शुरूआत गर्न सक्ने अवस्था नै थिएन। तर त्यो काम २००८ मै शुरू नगरी राणाशासन ढलेको १९ महीनापछि २००९ सालको मध्यभागमा मात्र उनले किन शुरू गरे भन्ने प्रश्नको उत्तर खोज्नुपरेको छ।
सरकारिया पढाइको दाँजोमा नयराजको पाठशालाको पढाइबाट संस्कृत भाषामा कम समयमा राम्रो अधिकार भएको अनुभव गरेर ब्रह्मचर्याश्रममा पनि यही पद्धतिअनुसार पढाउने भन्ने सल्लाह भयो। त्यस बमोजिम उनका दुई चेला भोलानाथ पौडेल (वि.सं. १९७८–२०६६) र ज्ञानमणि नेपाल (वि.सं. १९८९ मा जन्म) २००६ को फागुन मसान्तदेखि त्यहाँ पढाउन गए।
ब्रह्मचर्याश्रमका संरक्षक कविराज हरिप्रसाद खकुरेल (वि.सं. १९४९–२०३०) र अध्यक्ष योगी नरहरिनाथ (वि.सं. १९७१–२०५९) दुवै जना राणाशासनसँग सम्बन्ध गाँसिएका बडादमी थिए। यता त्यति प्रभाव नफैलिसकेका, शासन र राजनीतिबाट पूरै अलग्गिएर सर्वतोभावले विद्यामा लागेका, सामान्य अध्यापक नयराजका चेला भोलानाथ र ज्ञानमणिमा उनीहरूको खास प्रभाव भएन।
राणाशासनमार्फत प्रतिष्ठित, ब्रह्मचर्याश्रमका अधिकारीहरूले विद्यार्थीहरूलाई राणाशासनको समर्थनका लागि प्रयोग गर्न खोज्दा भोलानाथहरूबाट भएको विरोध उनीहरूलाई सह्य भएन। दुई पक्षमा सङ्घर्ष चर्किंदै गयो। ब्रह्मचर्याश्रमका अधिकारीहरूकै विरोधमा गई त्यहाँ बसिरहनु राम्रो नभएकोले १४ महीनापछि भोलानाथहरू ब्रह्मचर्याश्रमबाट बाहिरिए। यसरी राणाशासन ढल्नुभन्दा झण्डै एक वर्षअगाडि ब्रह्मचर्याश्रममा भित्रिएका भोलानाथहरू राणाशासन ढलेको तीन महीनापछि त्यहाँबाट निस्कनुपर्यो।
नयराज पन्तले ब्रह्मचर्याश्रमको त्यस निष्क्रमणबाट आफ्नो पढाइ बाहिर चलाउने वेला आएको छैन भन्ने शिक्षा लिएको हो कि वा उनी आफ्ना विद्यार्थीको ल्याकत देखाउने अर्को बाटोको खोजीमा पो थिए कि ? हिजोआज मलाई त्यस्तै लागिरहेको छ।
...
सृष्टिदेखि शुरू गरी दन्त्यकथा र वास्तव घटनाको घोलमेल गरेर उत्राइसौं शताब्दीमा नेपाली भाषामा लेखिएको, नेपालको इतिवृत्त ‘वंशावली’ भन्ने नाउँले प्रख्यात छ। धेरैचोटि प्रतिसंस्कार गरिएको ‘वंशावली’ को पाइएसम्मको सबभन्दा पहिलो पुस्तक १८९१ सालको हो।
लेखोट रूपमा त्यो ‘वंशावली’ काठमाडौंका गत शताब्दीका धेरैजसो बडादमीहरूको घरमा सङ्ग्रहणीय वस्तु बन्यो। साँच्चै भन्ने हो भने, धेरैजसो नेपालीले पढ्ने गरेको स्वदेशी इतिहासको एक मात्र पुस्तक धेरै कालसम्म यही थियो।
नेपाली भाषामा लेखिएकोले यस ‘वंशावली’ले ‘भाषावंशावली’ भन्ने नाउँ पाएको छ। यस्तै एउटा ‘वंशावली’को अङ्ग्रेजीमा उल्था गराई ड्यान्यल राइटले १९३४ सालमा ‘हिस्टरि अफ् नेपाल्’ को नाउँले केम्ब्रिजबाट प्रकाश गराए।
नयराज पन्तको पाठशालाबाट प्रकाशित त्यो ‘इतिहास–संशोधन’ मा ‘वंशावली’को आधारमा इतिहासका पुस्तकहरूमा लेखिएको एउटा कुराको खण्डन गरिएको थियो। काठमाडौंका मल्ल राजाहरूको वंशक्रममा छोरा बाबु र बाबु छोरा भएको भ्रम विद्यमान थियो।
त्यसपछि नेपालको इतिहासका आकरको अर्थात् चलनचल्तीको भाषामा स्रोतको पर्यालोडन नहुन्जेल यही पुस्तक नेपालको इतिहासको पर्याय भएर रह्यो। ‘वंशावली’मा लेखिएका अशुद्ध कुरालाई नै प्रामाणिक मानी इतिहास लेख्ने चलन चल्यो र इतिहासका मोटा मोटा पुस्तक लेख्नेले पनि तात्कालिक आकरपट्टि आँखा लाउन खास आवश्यक ठानेनन्।
नयराज पन्तको पाठशालाबाट प्रकाशित त्यो ‘इतिहास–संशोधन’ मा ‘वंशावली’को आधारमा इतिहासका पुस्तकहरूमा लेखिएको एउटा कुराको खण्डन गरिएको थियो। काठमाडौंका मल्ल राजाहरूको वंशक्रममा छोरा बाबु र बाबु छोरा भएको भ्रम विद्यमान थियो।
खुलाएर भन्दा, काठमाडौंका प्रख्यात राजा प्रताप मल्ल (वि.सं. १६८०–१७३१, राज्यकाल वि.सं. १६९८–१७३१) का बराजुका बाजे र बराजुका बराजुमध्ये छोरा बाबु र बाबुचाहिं छोरा भएर इतिहासका पुस्तकमा छापिएका कुराको प्रामाणिक आकरको आधारमा निराकरण गरिएको थियो।
त्यो पुस्तिका जसले निकाले, नामै नसुनिएको भए पनि तिनीहरू बडादमीहरूका छोरा थिए। उनीहरू सरदार राममणि आचार्य दीक्षित (वि.सं. १९३९–२०२८)का कान्छा छोरा, राणाजीहरूका गुरुज्यू छत्रनाथ अधिकारीका माहिला छोरा र उनै छत्रनाथका दाज्यू, गुरुज्यू दिवंगत कोषनाथ अधिकारीका कान्छा छोरा हुन्।
यो पुस्तिका छापिएको तेह्रौं दिनमा त्यही आकारप्रकारको, तर पृष्ठसङ्ख्या अलि बढी भएको, लेखाइ र विषयवस्तु दुवै बढी खँदिलो भएको, मोल पनि २० पैसा भएको, यस्तो शीर्षक राखिएको अर्को पुस्तिका बजारमा आयो—
कौटलीय अर्थशास्त्रको ऐतिहासिक व्याख्या/१ संख्या/राणाराज्यमा कौटल्यको विचार
विभित्र सिद्धान्तको आधारमा इतिहासको व्याख्या गर्ने परम्पराअनुरूप माक्र्सवादका दृष्टिले इतिहासको व्याख्या गरिए जस्तै कौटलीय अर्थशास्त्रको दृष्टिले नेपालको इतिहासको व्याख्या गर्ने उपक्रम दोस्रो पुस्तिकाबाट भयो। इतिहासको यस्तो व्याख्या पश्चिमबाट अनाक्रान्त विद्वत्ताको परिणाम थियो।
पहिलो पुस्तिकाका लेखक र प्रकाशक वmेशवमणि आ.दी. (वि.सं. १९९१ मा जन्म), महेन्द्रनाथ अधिकारी (वि.सं. १९९२–२०७२), सुरेन्द्रनाथ अधिकारी हुन् भने दोस्रोका लेखक भोलानाथ पौडेल, धनवज्र बज्राचार्य (वि.सं. १९८८–२०५१) र ज्ञानमणि नेपाल। यिनमध्ये सबभन्दा पाका भोलानाथ र सबभन्दा कान्छा सुरेन्द्रनाथ थिए। जुन वेला यी पुस्तिका निस्किए, त्यस वेला भोलानाथको उमेर ३१, धनवज्रको २० र ज्ञानमणि १९ वर्षका थिए। अरू ३ जनामध्ये केशवमणि १८ वर्षका, महेन्द्रनाथ १७ वर्षका र सुरेन्द्रनाथ पनि त्यस्तै त्यस्तै उमेरका थिए।
नयराज पन्तको पाठशाला र पाठ्यक्रम दुवै नै सरकारबाट स्वीकृत थिएनन्। स्वीकृतिको लागि नयराजले कोशिश पनि कहिल्यै गरेनन्। कहाँसम्म भने, त्यस पाठशालामा पढ्ने विद्यार्थीको सङ्ख्या ४० नाघिसक्दा पनि पाठशालाको नाउँ सुद्ध राखिएन।
...
२००९ असोज ५ गते छापिएको पुस्तिकामा ‘इतिहास–संशोधन’को मुनि ‘संख्या १’ लेखिएकोले यस्ता संशोधन अरू पनि आउने सङ्केत त्यसले दियो। यसपछि मूल शीर्षक ‘इतिहास–संशोधन’ राखिएका यस्ता पुस्तिका वा पर्चाको लर्कै चल्यो। ८ तहमा बाँडिएका २१ जना विद्यार्थीको समूहबाट ‘इतिहास–संशोधन’ निस्कन थाले। कुनै कुनै दिन त दुई वटासम्म पनि ‘इतिहास–संशोधन’ निक्लिए।
२००९ असोज ५ गते नै पहिलो ‘इतिहास–संशोधन’ निस्किएकोले संशोधन–मण्डलको इतिहास–सम्बन्धी प्रकाशनको शुरूआत त्यही सालको असोज ५ गते भयो भनी मान्ने गरिएको छ। त्यही कारण आज असोज ५ गते प्रकाशन शुरू भएको ६८ वर्ष पुगी ६९ वर्ष लाग्यो।
२००९ देखि २०२५ सालसम्मको सवा १६ वर्षको अन्तरालमा सानाठूला गरी ६८ वटा ‘इतिहास–संशोधन’ प्रकाशित भए। त्यस्ता ‘इतिहास–संशोधन’को प्रकाशन पाठशालामा वा पाठशालाको शाखामा पढ्ने २१ जना विद्यार्थीले गरेका थिए।
इतिहास–संशोधनको यो काम गुरुशिष्य परम्परामा चलेको थियो। नयराजले थालेको यस काममा धनवज्र तथा उनका सहपाठी ज्ञानमणि र भोलानाथ मुख्य थिए। बाँकी १८ जनामध्ये तीन जना नयराजका सोझै शिष्य थिए, अरू बाँकी १५ जना भने धनवज्र र उनका दुईजना सहपाठीका शिष्य थिए।
२००९ देखि २०२५ सालसम्मको सवा १६ वर्षको अन्तरालमा सानाठूला गरी ६८ वटा ‘इतिहास–संशोधन’ प्रकाशित भए। त्यस्ता ‘इतिहास–संशोधन’को प्रकाशन पाठशालामा वा पाठशालाको शाखामा पढ्ने २१ जना विद्यार्थीले गरेका थिए।
आठ वर्षको पाठ्यक्रम भएको त्यस पाठशालामा पढ्ने विद्यार्थीमा तीन वर्ष पुग्दा नपुग्दै संस्कृतभाषामा राम्रो अधिकार भइसक्थ्यो। तिनीहरूलाई नेपालको इतिहासका फरक फरक कालमा चलेका लिपिको पनि रफत गराउने काम हुन्थ्यो। नेपालको इतिहासका सयौं वर्षका आकर खास गरी संस्कृतभाषामा भएकाले संस्कृत जानिसकेका ती विद्यार्थी लिपि चिनेपछि आकर पढ्न र तिनको अर्थ गर्न सक्ने हुन्थे।
त्यसैले पूरा पढाइ नसिद्ध्याउँदै केही विद्यार्थी नेपालको विभिन्न कालका अभिलेख मूलबाटै अर्थात् शिलापत्र, ताम्रपत्र, ताडपत्र र कागतपत्रबाट पढ्ने मात्र होइन, त्यसको उल्था र व्याख्या गर्न सक्ने समेत भइसकेका हुन्थे। ती विद्यार्थीमध्ये केही नेवार भएकाले तिनीहरूको सङ्गतले अरू विद्यार्थी पनि नेवारीमा लेखिएका आकरको अर्थ क्रमशः गर्न थाल्थे। यसले पुरानो नेवारीमा लेखिएका आकरमा भएका तथ्य पनि बिस्तारै खोतलिन जान्थ्यो। अघिबाटै केही ज्योतिष पढेका विद्यार्थीले इतिहासका आकरमा पाइएका तिथिमिति जाँच्ने काम गर्थे।
उता प्रचलित प्रणाली अनुसार इतिहासमा उच्च उपाधि हासिल गरी कलेजमा पढाई प्रोफेसर भइसकेकाहरू भने मूल अभिलेख पढ्न, उल्था गर्न र व्याख्या गर्न सक्ने सामथ्र्य आफूमा नभएकोले उन्नाइसौं शताब्दीमा लेखिएको, ड्यान्यल राइटको अङ्ग्रेजी उल्था हिस्टरि अफ् नेपाल् वंशावली नै च्यापी हिंड्थे र त्यही पुस्तकमै नेपालको समग्र इतिहास भेट्टाउँथे।
...
राणाशासन भएसम्म त स्वतन्त्र प्रकाशनमा बन्देज जस्तै थियो। इतिहासका पुस्तकमा भएका अशुद्ध कुराको प्रामाणिक आकरको आधारमा संशोधन गरी नयराजले १९९६ सालमा मासिक पत्रिका ‘शारदा’मा एउटा लामै लेख छाप्न दिएका थिए। तर त्यो लेख प्रकाशित भएन।
‘वंशावली’मा लेखिएका कुराको विपरीत लेखिएको, त्यस लेखको निष्कर्षचाहिं एस्.एल्.सी.को लागि आफूले लेखी तोत्रराज पाण्डेय (वि.सं. १९६७–२०१४) समेतको नाउँ राखी २००४ सालमा प्रकाशित ‘नेपालको संक्षिप्त इतिहास’मा गाभियो। तर प्रमाणभागचाहिं अभैm प्रकाशमा आएको थिएन र इतिहासविषयमा कलम चलाउनेहरूको खण्डन पनि बाहिर आएको थिएन।
ती इतिहास–संशोधनमा पहिले थाहा नभएका प्रशस्त वmुरा भएकाले नेपालको इतिहास खोजीले फड्को मार्यो। कुनै पर्चाको, कुनै पुस्तिकाको रूपमा २००९ देखि २०२५ सालभित्र निस्केका ६८ वटा ‘इतिहास–संशोधन’ मध्ये २०१३ भित्र निस्केका ३८ वटाबाट तथा २०१६ देखि २०३८ सम्म छापिएका ३० वटा ‘सावधान–पत्र’ बाट लोकमा निकै सनसनी पैmलियो । सँगसँगै प्रचलित शिक्षापद्धतिको अकर्मण्यता पनि तिनबाट झल्कियो।
पहिल्यै प्रकाशमा आइसकेका वा हालैको खोजीमा भेट्टाइएका आकरको आधारमा २०१३ सालसम्मका ‘इतिहास–संशोधन’मा खास गरी इतिहासका पुस्तकमा लेखिएका गल्तीको खण्डन गर्ने काम भयो। तर, त्यसपछिका कृतिमा भने नयाँ नयाँ खोजीको उद्घाटन हुँदै गयो। अज्ञात तथ्यको खोजी मात्र नभई ज्ञात तथ्यको पनि विश्लेषण र व्याख्या गर्नुपर्ने भयो।
चार वर्ष जति त इतिहास–संशोधनले आन्दोलनकै रूप लियो। विद्वान्को हैसियतले प्रतिष्ठा कमाएकाहरूको ज्ञानको घेरा यताबाट छर्लङ्ग भएकोले लब्धप्रतिष्ठ धेरै मानिस यस पद्धतिको विरोधी भई निस्के। त्यसैले पछि पछि इतिहास–संशोधकको सङ्ख्या क्रमशः घट्दै गयो र २१ बाट ८ जना मात्र बाँकी रहे।
इतिहास–संशोधनको कामले कमसेकम नेपालको इतिहासको खोजीको लागि प्रचलित शिक्षाप्रणालीबाट काम हुन सक्दैन भन्ने भावना जनमानसमा फैलियो। तर यस्तो कामका लागि चाहिने भौतिक आधार पाठशालाले जगेर्ना नगरेकोले र बाहिर चर्को विरोध भएकोले काममा सुस्ती आयो।
...
बाँकी ८ जना इतिहास–संशोधकहरू २०१८ सालमा नयराज पन्तको मातहतमा संशोधन–मण्डलको नाउँमा सङ्घट्टित भई काम गर्न थाले। त्यस सङ्घट्टनको नाम संशोधन–मण्डल किन राखियो भन्ने विषयमा पनि छोटो चर्चा गर्नु यस प्रसङ्गमा राम्रै होला।
अज्ञात वा विस्मृत विषयको खोजमेल गरी प्रकाशमा ल्याउने कामलाई अङ्ग्रेजीमा ‘रिसर्च’ भनिने र त्यसको पर्यायको रूपमा ‘अनुसन्धान’ शब्द खास गरी हिन्दी र त्यसको प्रभावमा परेका भाषामा चल्दै आएको छ। बङ्गालीमा चाहिं ‘गाईको खोज’ बुझाउने ‘गवेषणा’ शब्द ‘रिसर्च’को अर्थमा चलेको छ।
महाराष्ट्र र गुजराततिर त्यही अर्थमा ‘संशोधन’ शब्द चलेको छ र वैदिक संशोधनमण्डल, भाण्डारकर प्राच्यविद्यासंशोधनमन्दिर, राजवाडे संशोधनमण्डल, भारत इतिहाससंशोधकमण्डल र गुजरात इतिहाससंशोधनमण्डल नाउँका संस्था अस्तित्वमा छन्। त्यसैले गल्ती सच्याउने मात्र होइन, पूरै खोजमेल गर्ने अर्थमा संशोधन–मण्डल भनी नाउँ राखिएको देखिन्छ।
संशोधन–मण्डल खडा भएपछि नियत समयमा छापिने प्रकाशनको जरूरत सम्झेर २०१८ वैशाख सङ्क्रान्तिदेखि तीन तीन महीनामा ‘अभिलेख–संग्रह’ छापिन थाल्यो। अभिलेखहरूको खोजीमा आठै जना लागेका भए पनि अभिलेखहरू पढ्ने काम खास गरी धनवज्र बज्राचार्यले गरेका थिए। तर पनि आठै जनाको नाउँमा ‘अभिलेख–संग्रह’ छापिन्थ्यो।
‘संशोधन’ शब्दको उपसर्ग र ‘अन’ प्रत्यय हटाइएको ‘शोध’ शब्द ‘अनुसन्धान’को पर्यायमा चले पनि संशोधनको भित्री अर्थ नबुझ्दा ‘गल्ती सच्याउने संस्था’को रूपमा मात्र संशोधन–मण्डललाई मानिसहरूले लिन थाले र अङ्ग्रेजीमा उल्था गर्दा ‘करेक्शन सर्कल’ भनी लेखिएको पनि देखियो।
संशोधन–मण्डल खडा भएपछि नियत समयमा छापिने प्रकाशनको जरूरत सम्झेर २०१८ वैशाख सङ्क्रान्तिदेखि तीन तीन महीनामा ‘अभिलेख–संग्रह’ छापिन थाल्यो। अभिलेखहरूको खोजीमा आठै जना लागेका भए पनि अभिलेखहरू पढ्ने काम खास गरी धनवज्र बज्राचार्यले गरेका थिए। तर पनि आठै जनाको नाउँमा ‘अभिलेख–संग्रह’ छापिन्थ्यो।
कहिल्यै प्रकाशमा नआएका शिलापत्र आदि उत्कीर्ण लेखको प्रकाशन ‘अभिलेख–संग्रह’ मा हुन्थ्यो र हरेक अङ्कमा १२ वटा त्यस्ता उत्कीर्ण लेख नयराज पन्तको वक्तव्यसहित छापिन्थे। यसरी तीन वर्षसम्म ‘अभिलेख–संग्रह’ चल्यो र १२ ह १२ . १४४ वटा नयाँ उत्कीर्ण लेख प्रकाशमा आए।
त्यसपछि २०२१ सालमा ‘अभिलेख–संग्रह’ को ठाउँ इतिहास–प्रधान त्रैमासिक पत्रिका पूर्णिमा ले लियो। त्यसको प्रकाशनमा नयराज पन्तको मातहतमा आठ जना इतिहास–संशोधक र एक नयाँ विद्यार्थीसमेत गरी ९ जना लागेका थिए। त्यसमा पनि मुख्य गरी धनवज्रकै पसिना भिजेको थियो। पूर्णिमा को ६ अङ्क निस्किएपछि ९ मध्ये एक जनाले, १० अङ्क निस्किएपछि अर्का एक जनाले, २० अङ्क निस्किएपछि फेरि अर्का एक जनाले र २४ अङ्क निस्किएपछि अरू दुई जनाले संशोधन–मण्डल छाडे।
२४ अङ्क निस्किएपछि छोड्ने दुईजनामध्ये एक धनवज्र नै थिए। यसरी ९ जनामध्ये ५ जनाले संशोधन–मण्डल छाडे।
बाँकी चार जनामध्ये एक जना २०४० सालमा परलोक भएपछि ‘पूर्णिमा’ को ५५ अङ्कदेखि तीन जना मात्र बाँकी रहे। अर्का एक जनाको पनि २०५६ सालमा निधन भयो। ९९ अङ्कदेखि भने दुई जना मात्र यस काममा छन्। यस पद्धतिका संस्थापक नयराज पन्तको पनि २०५९ कात्तिक १८ गते देहान्त भयो।
यति हुँदाहुँदै पनि पूर्णिमा का १०४ अङ्कदेखि १४४ सम्म का ४० अङ्क यस अन्तरालमा निस्किए। पूर्णिमा बाहेक साना ठूला गरी नेपालको इतिहास, गणितज्योतिषको इतिहास, संस्कृतसाहित्य, व्याकरण र पञ्चाङ्गका गरी संशोधन–मण्डलको अन्वेषणबाट निकै कृति प्रकाशमा आएका छन्।
...
नेपाल खाल्डोको समशीतोष्ण हावापानीले गर्दा होला, संस्कृतवाङ्मयका पुस्तकका प्राचीनतम प्रति यहाँ सुरक्षित छन्। शुक्लयजुर्वेदसंहिताको, वाल्मीकीय रामायणको, महाभारतको र आयुर्वेदीय शल्यतन्त्र अर्थात् चिरफारसम्बन्धी सुश्रुतसंहिताको पुस्तक यसका केही उदाहरण हुन्।
नेपाल खाल्डोमा पुस्तक सार्ने व्यवसाय प्राचीनकालदेखि चल्दै आएकोले यहाँका शाक्य–वज्राचार्य प्राचीन लिपिबाट पूरै अनभिज्ञ थिएनन्। हजार वर्ष अगाडिसम्मका, यहाँ चलेका लिपि पढ्ने र त्यस्तो लिपिमा लेखिएको कुरा चलनचल्तीको लिपिमा उतार्ने काम उनीहरू मजासँग गर्थे।
भारतमा जस्तो पुरानो लिपि यहाँ पूरै नबिर्सिए पनि हजार वर्षभन्दा अगाडिका लिपि पढ्न भने शाक्य–वज्राचार्य धरमराउँथे। यसो भए पनि काम पर्दा उनीहरू लिच्छविकालका शिलालेख पनि जसोतसो गरी हाट्टहुट्ट पढ्थे भन्ने कुरा गुठीअड्डामा रहेका, उनीहरूले पढेका पाठबाट थाहा पाइन्छ।
मौर्य सम्राट् अशोकले भारतवर्षभर ठाउँठाउँमा ढुङ्गाका खम्बामा र चट्टानमा कुँदाएका आफ्ना धर्मलिपिमध्ये पञ्जाबको अम्बाला जिल्लाको टोपरामा तथा मिरात भन्ने ठाउँमा ढुङ्गे खम्बामा कुँदिएका धर्मलिपि पनि पर्छन्। दिल्लीका सुल्तान फिरोज शाह तुगलक (वि.सं. १३६६–१४४५, राज्यकाल वि.सं. १४०७–१४४५)ले ती दुई वटा स्तम्भलेख दिल्लीमा ल्याई ठड्याए।
भारतमा प्राचीन लिपि पढ्ने परम्परा धेरैअगाडि नै टुटिसकेकोले तिनमा के लेखिएको रहेछ भन्ने थाहा पाउन फिरोज शाह तुगलकले धेरै विद्वान्लाई भेला गराए पनि उनी सफल भएनन्। मुगल बादशाह अकबर (वि.सं. १५९९–१६६२, राज्यकाल वि.सं. १६१२–१६६२)ले पनि यसै गरी ती स्तम्भलेख पढाउन खोजे तर सकेनन्।
भारतमा अङ्ग्रेजी शासन दह्रो हुँदै आएपछि पुराविद्याको अन्वेषण गर्ने प्रथा चल्यो र कलकत्तामा वि.सं. १८४० मा एशियाटिक सोसाइटीको स्थापना भयो। यसरी भारतमा प्राचीन लिपिमा लेखिएका शिलालेख आदिको अन्वेषण शुरू भयो।
ताडपत्रमा प्राचीन नेवारी लिपिमा सारिएको, अष्टाङ्ग आयुर्वेदको एक अङ्ग कौमारभृत्य अर्थात् प्रसूति र बालरोग–विद्याको प्राचीन ग्रन्थ काश्यपसंहिताको प्रकाशन पुराविद्याको क्षेत्रमा हेमराज पण्डितको ठूलो अवदान हो। उनले सम्पादन गरेको काश्यपसंहिता उनले नै लेखेको विस्तृत उपोद्घातसहित १९९५ सालमा बम्बईबाट प्रकाशित भयो। उनको त्यो उपोद्घात एक प्रकारले आयुर्वेदको इतिहास नै बन्न पुग्यो।
नेपालमा चाहिं शाक्य–वज्राचार्यले पुस्तक सार्ने पेशा लिएकाले लिपिको ज्ञान केही मात्रामा बचे पनि पुराविद्याको अन्वेषणको परम्परा भने पछि मात्र बस्यो। यहाँ पुराविद्याको अन्वेषण गर्न आउने विदेशी विद्वान्हरूलाई यी शाक्य–वज्राचार्यले लिपि पढ्ने काममा धेरथोर मद्दत गर्ने गरेका थिए। सिल्विँ लेवि (वि.सं. १९१९–१९९२) ले नेपालका शिलालेखहरूको खोजी गर्दा सिद्धिहर्ष वज्राचार्य (वि.सं. १९३८–२००९) ले सघाएको कुरा यहाँ प्रासङ्गिक हुन्छ।
यसो भए पनि नेपालीहरूले आफैं अघि सरेर आफ्ना लागि काम भने गरेका थिएनन्। यस परम्परामा व्यतिक्रम हेमराज पण्डित (वि.सं. १९३५–२०१०) बाट भयो। १९९२ सालमा पूना शहरको भाण्डारकरप्राच्यविद्यासंशोधन–मन्दिरको पत्रिकामा महाभारतसंबन्धे कश्चन विचारः भन्ने लेख प्रकाश गरेर उनले पुराविद्याको अन्वेषणको कामको शुरूआत गरे।
ताडपत्रमा प्राचीन नेवारी लिपिमा सारिएको, अष्टाङ्ग आयुर्वेदको एक अङ्ग कौमारभृत्य अर्थात् प्रसूति र बालरोग–विद्याको प्राचीन ग्रन्थ काश्यपसंहिताको प्रकाशन पुराविद्याको क्षेत्रमा हेमराज पण्डितको ठूलो अवदान हो। उनले सम्पादन गरेको काश्यपसंहिता उनले नै लेखेको विस्तृत उपोद्घातसहित १९९५ सालमा बम्बईबाट प्रकाशित भयो। उनको त्यो उपोद्घात एक प्रकारले आयुर्वेदको इतिहास नै बन्न पुग्यो।
नेपालको इतिहासको खोजी गर्ने उपक्रम पनि उनले गरेको गोरखाको इतिहाससम्बन्धी टिपोटबाट थाहा पाइन्छ। यसरी नेपालमा पुराविद्याको जग हाल्ने काम हेमराज पण्डितबाट भयो भन्दा बढ्ता बोलेको नठहरिएला।
अनि बाबुराम आचार्य (वि.सं. १९४४–२०२९) नेपालको इतिहासको खोजीतिर लागे। बाबुरामको अन्वेषण स्वान्तःसुखाय थियो। उनलाई न सरकारी न अरू कसैको सहयोग थियो, बरु उल्टो अवरोध थियो। आफ्नै इच्छाले इतिहासको खोजी गर्न थाले पनि उनका लेखमा प्रमाणको साथै गल्पको पनि प्राबल्य रह्यो।
त्यही परम्परामा दार्जीलिङका सूर्यविक्रम ज्ञवाली (वि.सं. १९५५–२०४२) ले गोरखालीहरूको वीरगाथा गाउन थाले। भनाइको मतलब के हो भने नेपालीहरूले आफ्नै लागि इतिहासको खोजी गर्न थाले पनि पूरै प्रमाणकोटिमा चढ्ने ढङ्गले काम अगाडि बढेको थिएन।
...
नयराज पन्तको पाठशालाबाट भएको खास काम छोटकरीमा भत्रुपर्दा नेपालको इतिहासका आकरको प्रामाणिक पाठ, उल्था र व्याख्या नै भयो। त्यस कामबाट विद्याको एउटा सानो क्षेत्रमा भए पनि विदेशीको प्रभुत्व हट्न गयो। यस्तो प्रभुत्व हटाउन नै नयराजले पाठशाला खोलेका थिए। यो कुरा उनको तलको वाक्यमा पनि झल्कन्छ—
‘यही मार्गमा हामीहरू लाग्यौं भने मात्र हामी आफ्नो स्वतन्त्र देश सुहाउँदो स्वतन्त्र इतिहास लेख्न पढ्न सक्तछौं। यस परम्परालाई खराब भन्ने हो भने विदेशीले थुकेर फालिदिएको जूठोमा नै हामीले आफ्नो जीवन बिताउनुपर्नेछ भन्ने मेरो दृढ विश्वास छ’ (धनवज्र बज्राचार्य र ज्ञानमणि नेपाल, ‘इतिहास–संशोधन’ ४ संख्या, २०११ मा नयराजको ‘अभिनन्दन’, ७–८ पृ.)।
उचित शिक्षा पाएको खण्डमा नेपालीहरू नै आफ्नो देशको प्रामाणिक इतिहास तयार गर्न समर्थ छन् भन्ने कुरा नयराज पन्तको कामबाट सिद्ध हुन आयो। अर्को शब्दमा भन्दा, यस कामले गर्दा कमसेकम विद्याको एउटा हाँगामा गुरुकिल्ली पश्चिमबाट फर्केर नेपाल आयो। नेपालको इतिहासको चर्चा गर्दा विदेशी विद्वान्हरूकै दबदबा रहेकोमा २००९ सालदेखि ‘इतिहास–संशोधन’ को अभियान शुरू भएपछि भने नेपाली विद्वान्हरूमा पनि प्रामाणिकता सर्यो।
भन्नैपर्दा, नयराज र उनका चेलाचपेटाको अन्वेषण प्रकाशमा आउनुअघि नेपालको इतिहासको खोजीमा विदेशी विद्वान्हरूकै आधिपत्य थियो, अब रोमका रेन्यरो न्योलि (वि.सं. १९८६ मा जन्म) र लूछ्याह्नो पेतेक (वि.सं. १९७१–२०६७) का लेखमा भन्दा काठमाडौंका नयराज र उनका शिष्य धनवज्रहरूका लेख बढी प्रामाणिक हुन्छन् भन्ने भित्रबाहिर सबैतिर जनविश्वास बढ्यो। खुद लूछ्याह्नो पेतेकको मध्यकालको नेपालको इतिहासको दोस्रो संस्करणका पाना पल्टाए मात्र पनि यो कुरा छर्लङ्ग हुन्छ।
नयराजको त्यो पाठशालामा शिक्षा पाएकाहरूले बितेका ६८ वर्षभित्र नेपालको इतिहासमा धेरै नै खोजी गरे। परिणाम अहिले नेपालको इतिहासका जे जति तथ्य बाहिर आएका छन्, तिनको सयकडा पचहत्तर त्यस पाठशालाकै खोजी हो। यो कुरा संशोधन–मण्डलले खोजी गर्न थाल्नुभन्दा पहिले प्रकाश भएका, इतिहासका पाठ्यपुस्तक र अहिले चलनचल्तीमा भएका पाठ्यपुस्तक मात्र जाँची हेरे पनि छर्लङ्ग हुन्छ।
संशोधन–मण्डलको मुख्य उद्देश्य संस्कृतविद्याको क्षेत्रमा उच्चस्तरको काम गर्नु थियो। नेपालको इतिहासको खोजीमा मात्र सीमित हुन नयराज पन्तले यत्रो भूभार उठाएका थिएनन्। उनको मुख्य ध्येय त संस्कृतविद्याको पुनरुद्धार थियो। उनमा भएको ज्ञानले कमसेकम काव्य कोष र व्याकरण, ज्योतिष, अर्थशास्त्र, नेपालका लिपि र इतिहास, भारतवर्षको प्राचीन इतिहास र नेपाली भाषामा खोजी गर्न भ्याउँथ्यो। यसैले उनले आफ्नो मुख्य विषय भारतीय ज्योतिषको इतिहासमा पनि केही काम गरे।
प्रष्ट भत्रुपर्दा, यूरोपियनहरूको आविष्कार भनी कहलाएका कति सिद्धान्त हाम्रा प्राचीन ग्रन्थमा पहिलेदेखि रहिआएको कुरा नयराजले प्रकाशमा ल्याए। त्यसै गरी आयुर्वेदको विषयमा पनि नयराजको प्रेरणाले गर्दा वैद्य दिव्यवज्र वज्राचार्य (वि.सं. १९७६–२०५६) बाट ‘आयुर्वेद–रक्षा’को प्रकाशन भयो।
नयराज पन्तको पाठशालामा जो पढ्न आए, ती कुनै छनोटमार्फत लिइएका थिएनन्। तिनीहरू उनकै भाइछोरा, सरकारी पाठशालामा उनले पढाइसकेका विद्यार्थी र इष्टमित्रका सन्तान थिए। यसैले विद्यार्थीमध्ये धेरैजसो शिक्षणको त्यस पद्धतिमा विश्वास वा श्रद्धा भएर आएका थिएनन्।
कुनै प्रकारको सङ्घट्टन नगरी आफ्नो एक्लो प्रयासमा नयराजले खोलेको त्यस पाठशालामा दिइने शिक्षा उत्कृष्ट भए पनि त्यसको प्रचारप्रसार हुन सकेन, रूपरङ्ग पनि घरेलु पाराकै रहिरह्यो। त्यसैले निकै विद्यार्थीको जिन्दगी गाँसिएको त्यस पाठशालाको समाजमा पनि प्रतिष्ठा भएन।
संशोधन–मण्डलको पाठशाला राम्रोसँग चलिरहेको भए कमसेकम संस्कृत काव्य कोष र व्याकरण, गणितज्योतिष, नेपालको इतिहास र नेपालका केही भाषाको राम्रो पाठशाला त्यो हुन्थ्यो। तर सङ्घट्टित रूपमा काम नगरेकाले, त्यस काममा सरकारको वा दुनियाँको सहयोग नभएकोेले र त्यसबाट वृत्ति चल्न पनि गाह्रो भएकोले सानो अवसर पाउनेबित्तिकै पाठशालाका मूलीहरूले समेत छोड्न थाले। अन्ततः त्यो पाठशाला सुक्दै गयो र आज बन्द भएको पनि ४८ वर्ष नाघिसक्यो।
...
संशोधन–मण्डलको अन्वेषणबाट हाम्रो देशमा इतिहासको पढाइ त चलेको छ, तर प्रामाणिक इतिहास लेख्ने पढाइ भने चलेको छैन भन्ने कुरा प्रचारमा आयो। विश्वविद्यालय खुलेपछि बिस्तारै एम्ए र पीएच्डीका थेसिस लेख्ने क्रम शुरू भयो।
एम्ए थेसिसको त कुरै छोडिदिऊँ, पीएच्डी थेसिसबाट पनि नयाँ कुराको खोजी अथवा नयाँ व्याख्या थोरै नै पाइन्छ। यस्तो हुनुको मूल कारण प्राचीन भाषा र लिपिको पढाइ नहुनु हो।
संशोधन–मण्डलको अन्वेषणबाट हाम्रो देशमा इतिहासको पढाइ त चलेको छ, तर प्रामाणिक इतिहास लेख्ने पढाइ भने चलेको छैन भन्ने कुरा प्रचारमा आयो। विश्वविद्यालय खुलेपछि बिस्तारै एम्ए र पीएच्डीका थेसिस लेख्ने क्रम शुरू भयो।
प्रचलित शिक्षापद्धतिबाट पुराना लिपि र भाषामा अधिकार नहुने हुनाले त्यो शिक्षा पाएका मानिसहरूले पुराना अभिलेखको पाठ पढ्दा वा उल्था गर्दा हुने गल्तीको कुरा गरी साध्य छैन। लिच्छविकालका त कुरै छोडूँ, मल्लकालका अभिलेख पनि उतार्न सक्ने ल्याकत विश्वविद्यालयमा शिक्षित अन्वेषकहरूमा भेटिंदैन।
मूलबाट अभिलेख पढ्न सक्ने योग्यता त कता हो कता अरूले छपाइसकेको अभिलेख उतार्नेसम्मकोे क्षमता देखिन्न। यस्ता अन्वेषकहरूले अभिलेखहरूबाट उतारेका पाठ विश्वसनीय हुँदैनन् र ती अभिलेख आफैंले नहेरी तिनमा के लेखिएको छ भन्ने कुरा थाहा पाउन सकिंदैन।
नयराज पन्तकै शैलीमा अरू क्षेत्रमा पनि काम गरिएको भए नेपाल विद्याका केही हाँगाबिंगाको केन्द्र बन्थ्यो र अहिले जस्तो सबै क्षेत्रमा परमुखापेक्षी हुँदैनथ्यो। धेरैजसो नेपाली विद्वान्हरूको काम हाम्रा गुरुले यसो भत्रुभयो भनी उनीहरूका सिद्धान्तको रिले मात्र हुने थिएन, उनीहरू आफैं आचार्यत्वमा प्रतिष्ठापित हुने थिए। न त प्रसिद्ध पश्चिमा विद्वान्हरूसँगको पहुँच र उनीहरूको अल्पकालिक शिष्यत्वमा नै कृतकृत्य हुने विद्वान्हरूकै प्रतिष्ठा हुनेथियो।
भनाइको तात्पर्य के हो भने, विद्याको ज्यादै सानो क्षेत्रमा भए पनि नयराजको कामले आचार्यत्व नेपालीमै आएको छ। नेपालको इतिहासको खोजीमा अग्रपङ्क्तिमा नयराजका शिष्यप्रशिष्य नै रहेका छन्।
स्थिति यस्तो भए पनि नयराजले चलाएको विद्यापरम्पराको नैरन्तर्य पछि गएर टुट्नेमा शङ्का नभएकोले त्रिभुवन विश्वविद्यालयका एक जना प्राध्यापकले नयराज बितेपछि उनको विषयमा लेख्दा ‘नेपालको इतिहास लेखनको ठेक्का पुनः विदेशीहरूकै हातमा फर्केर गयो’ भनी लेखी पनि सकेका छन् (सुरेन्द्र के.सी., ‘नयराज पन्त विनाको इतिहास–अनुसन्धान’, ‘नेपालका बौद्धिक विभूति नयराज पन्त’मा, शेषराज सिवाकोटी सं., २०६२, १६२ पृ.)।
अरु पनि
– बौद्धिक परनिर्भरता विरुद्धको पहिलो पाइला - महेशराज पन्त
– ‘पृथ्वीनारायण शाहबाहेक कुनै राजनीतिज्ञले पनि इतिहासमा अभिरुचि देखाएको थाहा छैन’ - नयराज पन्त
– संशोधन मण्डलको सामर्थ्य र सीमा - सुजित मैनाली
– बिर्सिएका विभूतिः धनवज्र बज्राचार्य - राजकुमार दिक्पाल
– त्यो प्रार्थना श्लोक र प्रतिज्ञा - काशीनाथ तमाेट
– नेपाली इतिहास खोजको दिवस ! - नयनाथ पाैडेल
– सिनासमा थन्किएको देशको इतिहास - वसन्त महर्जन
– संशोधन मण्डलको भविष्य - गाेविन्द न्याैपाने