कोरोना संक्रमणबाट नेपाली सेनाका एक जनाको मृत्यु
नेपाली सेनामा कार्यरत एक सैनिकको कोरोनाभाइरस संक्रमणबाट मृत्यु भएको छ। काठमाडौंमा कार्यरत रामेछाप घर भएका ३४ वर्षीय सैनिकको २९ भदौमा मृत्यु भएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ।
निर्देशनालयका अनुसार मृतक सैनिकको १ असोजमा कोरोना परीक्षणको नतिजा आएको थियो। सेनाले उनको दर्जा खुलाएको छैन।
नेपाली सेनामा हालसम्म कोभिड–१९ को संक्रमण पुष्टि हुनेको सङ्ख्या दुई हजार ५६ पुगेको छ।
तीमध्ये ४०१ जना निको भइसकेका छन् भने एक हजार ६५४ सक्रिय सङ्क्रमित रहेको सैनिक प्रवक्ता सन्तोषवल्लभ पौडेलले बताए।