नाभाल्नीले इन्स्टाग्रामबाट सार्वजनिक गरे हिँड्दै गरेको तस्वीर
रुसका विपक्षी नेता अलेक्सी नाभाल्नीको भरेङ ओर्लिदै गरेको तस्वीर सार्वजनिक भएको छ। उक्त तस्वीर नाभाल्नीले नै इन्स्टाग्रामबाट सार्वजनिक गरेका हुन्।
जर्मनीको बर्लिन अस्पतालले नाभाल्नीलाई भेन्टिलेटरबाट हटाइएको जानकारी दिएको पाँच दिनपछि उनले तस्वीर सार्वजनिक गरेका हुन्। “मलाई भन्न दिनुस् कि कसरी म निको हुँदै गइरहेको छु। यो पहिला नै तय भएको स्पष्ट बाटो हो र लामो पनि छ”, उनले इन्स्टाग्राममा लेखेका छन्।
आफूले अझै फोन प्रयोग गर्न नसक्ने उनले बताएका छन्। आफूले गिलासमा पानी खनाउन र भरेङ उक्लिन अझै नसक्ने उनले उल्लेख गरेका छन्। “अझै समाधान हुन बाँकी धेरै समस्या छन् तर, चिकित्सकहरुले मुख्य समस्या समाधान गरेका छन्”, बर्लिन अस्पतालमा उपचाररत नाभाल्नीले लेखेका छन्।
‘प्राविधिक रुपमा मात्र बाँचेको’ मान्छेबाट आफूलाई चिकित्सकहरुले इन्स्टाग्राम चलाउन सक्नेसम्म बनाएको नाभाल्नीले बताएका छन्। नाभाल्नी रसियन राष्ट्रपति भ्लादिमिर पुटिनका आलोचक हुन्। उनी साइबेरियाबाट मस्को जाने क्रममा गएको २० अगष्टमा अचानक विमानभित्रै ढलेका थिए।
त्यसको केही वेरमा नै कोमामा गएका उनलाई शुरुमा साइबेरियाकै एक अस्पतालमा उपचार गरिएको थियो। पछि रुस सरकारले उनलाई जर्मनीमा उपचारको अनुमति दिएको थियो। उनलाई एयरलिफ्टबाट बर्लिन पु¥याइएको हो।
-अलजजिराबाट