झडप भएपछि सर्लाही सदरमुकाम मलंगवामा कर्फ्यू
सर्लाहीको सदरमुकाम मलंगवामा शनिवार दिउँसोदेखि कर्फ्यू लगाइएको छ। जिल्ला प्रशासन कार्यालय सर्लाहीले आइतबार विहानसम्म तोकिएको क्षेत्रमा आवतजावत गर्न, भेला हुन तथा कुनै पनि खालका क्रियाकलाप गर्न नपाउने गरी स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ (क) (१) बमोजिक कर्फयु आदेश जारी गरेको हो।
भदौ (२) शुक्रबार विश्वकर्मा पूजाको मूर्ति सेलाउन ट्रयाक्टरमा मलंगवा नगरपालिका-३, विश्वकर्मा चो पोखरीमा सेलाउन लैजाने क्रममा ट्रयाक्टरमा बजिरहेको डिजे बाजाको विषयलाई लिएर विवाद बढ्दै गएकोले शान्ति कायम गराउन कफ्र्यु जारी गरिएको प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले जानकारी गराएका छन्।
मलंगवास्थित पुरानो मलंगवा नगरक्षेत्र (पूर्व झिम नदी, पश्चिममा मुसैली नहर, उत्तरमा अस्थायी प्रहरी पोस्ट पेट्रोल पम्प, दक्षिणमा नेपाल भारत सीमाक्षेत्र) भित्र कफ्र्यु आदेश जारी गरिएको हो।
कफ्र्यु आदेश विपरीत भए गरिएको पाइएमा सुरक्षाकर्मीले आवश्यकता अनुसार बल प्रयोग गरी कारबाही समेत गर्न सकिने प्रजिअ पौडेलले जानकारी गराएका छन्।
तराई मधेसमा असोज १ मा विश्वकर्मा पूजा गरी असोज २ मा मूर्तिलाई जलाशयमा सेलाउने चलन रहेको छ।