काठमाडौं उपत्यकामा थपिए ७११ जना कोरोना संक्रमित
काठमाडौं उपत्यकामा थप ७११ जना कोरोना संक्रमित भेटिएका छन्। उपत्यकासहित आज देशभर १२०४ जनालाई कोरोना संक्रमण देखिएको छ।
संक्रमण हुनेमा उपत्यकाका जिल्लाहरू काठमाडौंमा ५७० जना, ललितपुरमा ५८ जना र भक्तपुरमा ८३ जनामा कोरोना संक्रमण देखिएको हो।
साथै पछिल्लो २४ घण्टायता नेपालमा थप १२०४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यससँगै नेपालमा कोरोना संक्रमित हुनेको संख्या ६२७९७ पुगेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टायता कोरोना संक्रमित १४४७ जना निको भएका छन्। यससँगै मुलुकमा कोरोना संक्रमणमुक्त हुनेको संख्या ४५२६७ पुगेको छ।
हाल मुलुकमा सक्रिय संक्रमितको संख्या १७१२९ छ। त्यसमध्ये ९१५३ जना संस्थागत आइसोलेसनमा र ७९७६ होम आइसोलेसनमा रहेका छन्। क्वारेन्टिनमा हाल ७७३५ जना रहेका छन्। १७९ जनाको आईसीयू र ३५ जनाको भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ।
पछिल्लो २४ घण्टायता मुलुकमा १०३३३ वटा नमूना पीसीआर परीक्षण भएको मन्त्रालयले जनाएको छ।
साथै कोरोनाका कारण नेपालमा पछिल्लो २४ घण्टायता थप ११ जनाको मृत्यु भएको छ। यससँगै मुलुकमा कोरोनाबाट मृत्यु हुनेको संख्या ४०१ पुगेको छ।
मृत्यु हुनेमा मोरङमा ६५ वर्षीया, रौतहटमा ५१ वर्षीया, सर्लाहीमा ५६ वर्षीया, ललितपुरमा ७६ र ६८ वर्षीया, काठमाडौंमा ७७ वर्षीया तथा मकवानपुरमा ३६ वर्षीया महिलाको मृत्यु भएको छ। साथै ललितपुरमा ६० वर्षीय, काठमाडौंमा ७५ वर्षीय, रुपन्देहीमा ६९ वर्षीय र बाँकेमा ४५ वर्षीय पुरुषको पनि कोरोनाबाट मृत्यु भएको छ।