जेठ महीनायता मात्रै विपदबाट ४९ जिल्लामा ३३९ जनाको मृत्यु
बाढी, पहिरो र चट्याङका कारण जेठ महीनायता ४९ जिल्लामा ३ सय ३९ जनाले ज्यान गुमाएको छन्। प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिको शुक्रबारको बैठकमा उपस्थित भएका गृहमन्त्री थापाले देशभर गत वर्ष भन्दा कम क्षति भएपनि यसवर्ष जेठ महिनायता ४९ जिल्लामा ३ सय ३९ जनाले ज्यान गुमाएको बताए।
गृहमन्त्री थापाले प्रकृतिक प्रकोपका कारण एक सय भन्दा बढी मान्छे बेपत्ता भएको पनि बताए। प्राकृतिक प्रकोपका कारण २ सय ५८ जना घाइते भएका छन भने ४ सय ८२ घर पूर्ण रुपमा क्षति भएको छ। प्राकृतिक प्रकोपमा परेकाहरूको व्यवस्थापनका लागि ‘विपद जोखिम व्यवस्थापन कोष’ बाट ५ करोड ६९ लाख रुपैयाँ राहत रकम निकासा गरी उपलब्ध गराइएको समेत गृहमन्त्री थापाले बैठकमा जानकारी दिए। गृहमन्त्री थापाले प्राकृतिक प्रकोपबाट क्षति भएका संरचनाहरूको पूननिर्माणका लागि गृहमन्त्रालयले टोली गठन गरी अध्ययन गरिरहेको र प्रतिवेदन तयार भएपछि काम शुरु गरिने पनि बताए।
उनले जोखिममा रहेका बस्तीहरूलाई स्थानान्तरण गर्ने र पीडीतहरूको इच्छाअनुसार सुरक्षित स्थानमा आवास निर्माण गर्ने गरी दुई प्रकृतिको नीति अनुसार काम गरिएको पनि स्पस्ट पारे। जोखिम व्यवस्थापन तथा न्यूनिकरणका लागि पूर्वतयारीको कायमलाई विशेष जोड दिइएपनि अनुमान नगरिएका ठाउँमा समेत बाढी पहिरो जाँदा क्षति बढी भएको बताए। बाढी पहिरो जानुको मुख्य कारण अव्यवस्थित रुपमा विना मापदण्ड वैधानिक सर्भे विपरित सडक बाटो खोल्ने क्रियाकलापले पनि मुख्य रहेको बताए।
त्यसको नियन्त्रणका लागि मापदण्ड अझबढी कडा बनाउने विषयमा मन्त्रालला छलफल भइरहेको समेत उनले बताए।